
नेकपा एमाले सिन्धुलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेद्बारहरु टुङ्गो लगाएको छ। एमालेले शनिवार राति सहमति हुन बाँकी ५ पालिकाको प्रमुख–उपप्रमुखमा उमेदवारहरूको नाम टुंगो लगाएको हो । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख संजय दाहालका अनुसार एमालेले
कमलामाई नगरपालिकाको मेयरमा महेन्द्र देव श्रेष्ठ र उपमेयरमा मन्जु देवकोटालाई छनौट गरेको छ । दुधौली नगरपालिकाको मेयरमा लक्ष्मण कार्की र
उपमेयरमा बालकुमारी अधिकारीलाई टिकट दिएको छ । तीनपाटन गाउँपालिकाको
अध्यक्षमा छत्र दाहाल र उपाध्यक्षमा पदम माया तामाङलाई अघि सारीएको छ । यस्तै एमालेले फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारलाई यो पटक अध्यक्ष बनाउने भएको छ । उपाध्यक्षमा भने राजु बराललाई टिक दिएको छ।
सुनकोशी गाउँपालिकाको अध्यक्षमा अशोक गिरी र उपाध्यक्षमा हेमा अधिकारीलाई अघि सारीएको छ । एमालेले गोलन्जोर, मरिण, घ्याङलेख र हरिहरपुरगढी गाउँपालिका यसअघिनै सर्बसम्मत उमेदवार छनौट गरिसकेको छ ।
एमालेले आगामी ३० गते शुक्रबारका दिन हुने निर्वाचनका लागि आजै मनोनयन दर्तम गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया