महाभारतमा एमालेबाट अध्यक्ष उपाध्यक्ष सर्वसम्मत 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लाको महाभारत गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत चयन गरिएको छ ।
एमालले महाभारत गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत चयन गरेर जिल्ला पार्टीमा सिफारिस पठाएको हो । महाभारत गाउँ कमिटिको बैठकले अध्यक्षमा पुर्ण बहादुर वाइबा र उपाध्यक्षमा शान्ति तितुङ राना मगरलाई उम्मेदवार बनाउने निर्णय सर्वसम्मत गरेर जिल्ला पार्टीमा पठाएको हो । एमाले महाभारत गाउँ कमिटिले सर्व सम्मत चयन गरिएको दुई जना नै पुर्व माओवादी केन्द्र बाट एमालेमा प्रवेश गरिएका थिए । महाभारत गाउँ कमिटिले सर्व सम्मत गरिएका वाइबा र मगर दुबै जना केहि महिना अघि मात्र माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका थिए । गाउँ पालिका अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत गरे संगै महाभारत गाउँ कमिटिले केहि वडा अध्यक्षहरुमा समेत सर्वसम्मत गरिएको पालिका कमिटि सदस्य रोजन श्रेष्ठले जानकारी दिए । ८ ओटा वडा रहेको पालिकामा ६ वडाहरुमा वडा अध्यक्षको लागि सर्वसम्मत गरिएको छ । वडा नं १ मा सुविदार श्रेष्ठ, २ मा जनक बहादुर मोक्तान वडा नं ४ मा दोष बहादुर जर्गा मगर ६ मा जगतमान मोक्तान, ७ मा मान बहादुर राना र ८ मा अम्बर बहादुर आले मगर सर्व सम्मत चयन गरिएको श्रेष्ठले जानकारी दिए । सर्वसम्मत गर्न बाँकी दुई वडाहरुमा मनोनय दिने समय सम्ममा सर्वसम्मत गरिने पालिका सदस्य श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया