समृद्ध बडा बनाएका विनोदलाई गाउँपालिका बनाउने मौका

बनेपा÷काभ्रेको चौरीदेउराली गाउँपालिकामा यतीबेला चर्चामा रहेका युवा हुन् विनोद घिसिङ । स्थानीय तहको निर्वाचनमा चौरीदेउराली गाउँपालिका वडा नं ३ मा विजयी भएपछि निर्वाचनको समयमा बोलेको अधिकाशं कार्य पुरा गरेर सफल अध्यक्ष भएका घिसिङलाई नेकपा माओवादी केन्द्रले अध्यक्षको रुपमा सिफारिस गरेसँगै समृद्ध बडा बनाएका घिसिङलाई गाउँपालिका बनाउने जिम्मेबारी आएको प्रतिक्रिया आउन थालेको छ ।
वडाअध्यक्षमा पुनः नदो¥याउने प्रतिबद्धता अनुसार घिसिङले बडा अध्यक्षमा समकक्षी साथी चित्रप्रसाद चौलागाईको नाम सर्वसम्मत रुपमा सिफारिस गरेर पठाएका छन् ।
जनयुद्धका कुशल नेतृत्वकर्ता र कलाकार समेत रहेका घिसिङ गाउँपालिकामा निक्कै लोकप्रिय नेताको रुपमा परिचित छन् । साझा जीवन जीउन रुचाउने उनलाई कोशीपारिका युवाको आइडलको रुपमा लिने गरिएको छ । सडक, खानेपानी, शिक्षा र स्वास्थ्यसँगै कृषिको विकासमा उनले पाँच बर्षमा बडालाई नमूनाकै रुपमा विकास गरेका छन् । उनको नाम सिफारिस भएसँगै अध्यक्षमा उनलाई टिकट दिन आवश्यक रहेको आवाज आउन थालेको छ । एक पटक मौका पाएमा नेपालकै नमूना गाउँपालिकाको रुपमा विकास गर्ने योजना घिसिङको छ ।

तपाईको प्रतिक्रिया