
जिल्लाको डाडापारी महाभारत गाउँ पालिका वडा न ७ केराबारीमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ ।
आज बेलुका ६ बजेको समयमा चट्याङ लागेर स्थानीय डिल बहादुर मोक्तानको १६ बर्षिया छोरी कान्छी माया मोक्तानको घटना स्थलमै मृत्यु भएको स्थानीय शिक्षक होमेन्द्र रानामगरले जानकारी दिए । चट्याङ लागेर स्थानीय दुई बालबालिका समेत घाइते भएको उनिहरुको स्थानीय स्वास्थ्य चौकिमा उपचार पछि सामान्य रहेको शिक्षक रानामगरले जानकारी दिए । चट्याङ लागेर डिल बहादुर मोक्तान को भैसी मरेको गोठमा समेत क्षती पुगेको शिक्षक रानामगर ले जानकारी दिए ।

तपाईको प्रतिक्रिया