
पनौती – सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नको लागि बिभिन्न कार्यक्रमहरु गरिरहेका पनौती नगरपालिले यो पटक फरक कार्यक्रम अघि सारेकाछन् । सामुदायिक बिद्यालयहरुमा बिद्यार्थीहरु टिकाउनको लागि परेका स्थानिय सरका संगको समनवयमा जिल्लामै पहिलो पटक सामुदायिक विद्यालयमा चित्रकला तारा, संगित तारा र नृत्य तारा बिधामा प्रतिास्पर्धा गरेर तीन बिधामा अवार्ड बितरण गरिएको हो । बिद्यार्थी बालवालिकाहरु शिक्षाको अलवा अतिरिक्त कक्षाहरुमा जोड् दिदै सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको बिचमा प्रतियोगिता मार्फत तीन शिर्षकमा तारा घोषणा गरेर अवार्ड बितरण छ ।
पनौती क्षेत्रमा रहेका ३४ सामुदायिक बिद्यालयका सहभागि बिद्यार्थीहरु बिच तीन बिधा संगित, चित्रकला र नृत्यमा ताराको लागि प्रतियोगिता गरिएको थियो । फ्रिडम टु लर्न युकेको सहयोगमा ग्रामिण समुदायिक संस्था नेपालले पनौतीको सामुदायिक बिद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरु शिक्षामा प्रोत्साहन गर्नको लागि तारा घोषणा गरि बालबालिकाहरुलाई पुरस्कृत गरेको हो ।
ग्रामीण समुदायिक नेपालका कार्यकारी निर्देशक श्रीकृष्ण थापाले बिगत ५ महिना देखि हरेक शनिवार बालबालिकाहरुलाई एकठाउँमा जम्मा गरी नियमित रुपमा तीन बिधाका विषयमा प्रशिक्षण गरिएको जानकारी दिए । पनौती १ मा अवस्थित शान्तिनिकेतन मावि प्रांगणमा नृत्य, पनौती ७ मा रहेको इन्द्रेश्वर मावि प्रांगणमा संगित र पनौती १० मा रहेको बाल आदर्श मावि प्रांगणमा चित्रकलाको प्रशिक्षण सञ्चालन गरेर मंगलबार फाईनल प्रतियोता भएको थापाले बताए । चित्रकलामा २५ जना, नृत्यमा २५ जना र संगितमा ५० जना गरी कुला १०० जना बालबालिकाहरु प्रशिक्षणमा समावेश गरिएको थापाले जानकारी दिए । संगित र नृत्य विधाका बालबालिकाहरुलाई विभिन्न समूहमा विभाजन गरि समूहगत प्रतिष्पर्धा गराइएको थियो भने चित्रकलाका सहभागीहरुले व्यक्तिगत प्रतिष्पर्धा गरेका थिए । संगित विधाको समूह ४ मा रहेका ७ जना बालबालिकाहरुलाई, नृत्य विधामा समूह ५ मा रहेका ५ जना बालबालिकाहरुलाई र चित्रकलामा सहभागी मध्ये ४ जना बालबालिकाहरुलाई सम्वन्धित विधाको तारा घोषणा गरी अवार्ड वितरण गरिएको थियो । नृत्य तारा दिपिका खत्री, रुपेश तामाङ, अनिता तामाङ, एलिना थापा र खुशी सापकोटा लाई नृत्य ताराको अवार्ड बितरण गरिएको छ । संगित तारा सलिना श्रेष्ठ, प्रकृतिमाया घिसिङ, अस्मी तामाङ, भूमिका माया न्यासुर, रेश्मा थामी, करुणा लामा र रन्जिता परियार लाई संगित ताराको अवार्ड बितरण गरिएको छ । चित्रकला तारा तर्फ मनिता तामाङ, सुमन पहारी, प्रमिला श्रेष्ठ र मनिषा कार्कीलाई बितरण गरिएको छ ।
चित्रकला तर्फ प्रथम भएकी कक्षा १० मा अध्ययनरत मनिता तामाङ यस्तो अवार्ड बाट थप प्रेरणा मिलेको बताउछन् । अहिले सम्म पढ्ने बाहेक अरु प्रतियोगितामा सहभागि नभएपनि त्यस कार्य बाट थप अध्ययानको लागि बाटो खुलेको उनि बताउछन् । नृत्य तारा बाट अवार्ड लिदै कक्षा १० मै अध्ययनरत छात्रा एलिना थापाले भाविदिनमा नृत्य सिकेर केही गर्न सकिन्छ भन्ने आट मिलेको बताउछन् ।
अवार्ड बितरण कार्यक्रममा संविधान सभा सदस्य राम हरि सुवेदी पूर्व सहायक डिन प्रोफेसर डक्टर निलम कुमार शर्मा र आयोजक संस्थाका कार्यकारी निर्देशक श्रीकृष्ण थापाले संयुक्त रुपमा चित्रकला तारा, संगित तारा र नृत्य तारा घोषित भएका सामुदायिक बिद्यालयका बालबालिकाहरुलाई अवार्ड वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया