नावालक छोरालाई निर्घात कुटपिट गर्ने सौतिनी आमा र बुबा पक्राउ


धुलिखेल– नावालक छोरालाई निर्घात कुटपिट गर्ने बुबा आमा लाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरिएको छ । दाङ घोराही उपमहानगरपालिका वडा नं. १९ स्थायी घर भएका काभ्रेको भकुण्डे बस्ने तिलक बुढा र उनको श्रीमती उर्मिला बुढा लाई प्रहरीले पक्राउ गरिएको हो । काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. ६ स्थित सि.एन ईट्टा भट्टा उद्योगमा मजदुरी पेशा गर्दै आएको श्रीमान श्रीमतीले ईट्टा उद्योग नजिकै रहेको छाप्रोमा सुती रहेको वर्ष ३ को नावालाक छोरा विमल बुढालाई निर्घात कुटपिट गरिएको थियो । सौतिनी आमाले सुताएको ओछ्यानमा दिशा पिसाब ग¥यो भनि लात्ती र मुक्काले निर्घात कुटपिट गरी रहेको अवस्थामा नावालकको बुबा तिलक बुढा समेत आई नावालकलाई लछार पछार पारी, सुती रहेको स्थानबाट टिपेर फ्याकी सख्त घाईते बनाएको भन्दै प्रहरीले पक्राउ गरिएको हो । नावालकलाई स्थानियहरुले उद्धार गरी उपचारको लागि धुलिखेल अस्पतालमा पु¥याई अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ । नाबालकको अवस्था गम्भिर रहेकाले कानुन बमोजिम कारवाही गरी पाउँ भनि घाईते नावालकको मामा तेज बहादुर घर्तिले ज्यान सम्बन्धी कसूर ज्यान मार्ने उद्योग सम्बन्धि मंगलबार निबेदन जिल्ला प्रहरीमा दिएका थिए ।
कुटपिट गर्ने बुबा तिलक बुढा र सौतिनी आमा उर्मिला बुढालाई कानुन बमोजिम पक्राउ गरी ज्यान मार्ने उद्योग शिर्षकमा सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

तपाईको प्रतिक्रिया