जसले बनेपामा एमालेको उपस्थिती बलियो बनाए

बनेपा÷अघिल्ला निर्वाचनसम्म हालको बनेपा नगरपालिका बडा नं ८ मा एमालेको बीउ भेट्टाउन समेत मुस्किल थियो । सबैतिर कांग्रेसकै रगजग । सबै जना कांग्रेस । एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदबार बनायो,नवराज मानन्धरलाई । युवाबिच लोकप्रिय मानन्धरको उम्मेदबारीले जुरुक्कै उठ्यो बनेपा । सो बडामा मुस्किलले दुई सय मत एमालेका उम्मेदबारले पाउने अड्कल बाजी हुँदै थिए । नवराजले सानदार मत ल्याए । उनले नौ सयभन्दा धेरै मत ल्याए । तर विजयी बन्न केही तत्व बाधक भए पनि एमालेको उपस्थिती बलियो बनाए । एमालेको मत सो बडामा देखेर विपक्षी झस्किए ।
विजयी भइन भनेर कहिल्यै निरास बनेनन् उनी । निरन्तर जनताको सेवामा खटिरहे । मार्सल आर्टका खेलाडी मानन्धरले भने । बडाअध्यक्ष हुनुमात्रै नेता बन्नु हैन जनताको सेवा गर्नु ठूलो कुरा हो । खेलाडीले कहिले हार्छ र कहिले जित्छ उनले भने । हारेकै दिनबाट अर्काे निर्वाचनको तयारीमा लागेको थिए । उनले आफूले जित्ने र हार्नेभन्दा पनि फेरि पनि बनेपामा एमाले जित्न आवश्यक रहेको सुनाए ।
उनी कोभिडको समयमा दिनरात नभनेर खटे । रातको समयमा एम्बुलेन्स नपाएर कोही अस्पताल जान नपाउने भए आफूलाई खबर गर्न अनुरोध गरे ।
रातको समयमा अस्पतालसम्म बिरामी लान गाडी चाहिएको छ । तपाइको टोल छिमेकमा कोरोनाको कारणले खाना खान नपाउने कुनै समस्या परेका मानिसहरु हुनुहुन्छ भने बनेपाका युवा नेता नवराज मानन्धर र विकास मानन्धरसँग सम्पर्क गर्नसक्नुहुनेछ । उहाँले सामाजिक संञ्जालमार्फत अनुरोध गरे ।
कोरोनाको कहरमा दिउँसोको समयमा यातायातको साधन पाइएला तर रातको समयमा तपाइहरु कोभिड तथा अरुको बिरामी पर्नुभयो भने निशुल्क अस्पताल लान र ल्याउनको लागि आफूहरुले सेवाको सुरुवात गरेको नवराज मानन्धरले बताउनुभयो ।
बनेपा नगरपालिका वडा नं १ देखि १४ सम्म घरबेटी तथा डेरामा बस्नेहरु खान समस्या परेर र अरु समस्यामा पर्नुभएको छ भने बनेपाका युवा नेता नवराज मानन्धर र बिकास मानन्धरले आज रातिबाट गाडी,मोटरसाइकल जे बाट सम्भावना हुन्छ तेसबाट सेवा सुरुवात गर्नुभएको छ ।
यस्तो अवस्थामा सकेको सहयोग गरौ भनेर यो कार्यको सुरुवात गरेको मानन्धरले बताउनुभयो । उहाँले साँझको ६ बजेदेखि बिहान ७ बजेसम्मका लागि निशुल्क यातायात सेवासँगै भोकले कोही पनि मर्नु नपरोस् भनेर अभियान सुरु गर्नुभएको थियो ।
एमाले बनेपा नगर कमिटीका उपाध्यक्ष मानन्धर कम बोल्ने तर धेरै काम गर्ने नेताको रुपमा परिचित हुनुहुन्छ । उहाँसँग ठूलो युवाको पंक्ति आकर्षित छ । समृद्ध बनेपाको सपना बोक्नु भएको छ । सुन्दर राजनितीक भविष्य बोकेका मानन्धरको चर्चा घरघरमा छ । तर उनी अहिले जनताकै सेवामा रमाइरहेका छन् ।

तपाईको प्रतिक्रिया