बनेपा÷नेकपा एमाले काभ्रेका प्रभावशाली नेता शेखर लामाले सामाजिक संञ्जालमा लेखेका छन् । सिनियरले नसुन्ने, जुनियरले नमान्ने,नयाँ एमाले भनेर ।
काभ्रेको डाँडापारिका नेता लामा प्रष्ट वक्ता र हक्की स्वभावका नेता हुन् । उनले फरक रुपमा आफ्ना दृष्टिकोण राख्ने गरेका छन् । उनले भनेको कुराले सिंगो पार्टीको कुरा बोल्ने भएकाले अर्थपूर्ण रुपमा हेरिएको छ । के यो रोग एमालेभित्र झागिएकै हो त ? यसले एमालेको आन्तरिक जीवनमा कस्तो असर पार्ला ? त्यो बहसको बिषय बनेको छ । तर सिनियरले नसुन्ने, जुनियरले नमान्ने,नयाँ एमाले यो वाक्यले भने धेरै कुराको बहसको सुरुवात गराउन भने सक्छ ।
सिनियरले नसुन्ने, जुनियरले नमान्ने रोग एमालेमा देखिएकै हो त
2022-01-31T08:11:45+05:45
तपाईको प्रतिक्रिया