
तामाङ गित संगितको बजारमा चर्चित गायक एवं बरिष्ठ संगितकार चन्द्र कुमार दोङको संगितमा पद्म मोक्तानको शब्दमा रहेको (शिर फुल) सेलो गित आज बाट बजारमा आएको छ । तामाङ सोनाम ल्होछारको उपलक्षमा बजारमा शिर फुल गित निकालिएको छ । शिर फुल गितमा निर्माला घिसिङले स्वार दिएको छ भने गितमा मोडलिङ रोहनी लामाले गरेकी छिन् । बजारमा आएको शिर फुल सेलो गित फनिन्द्र राईले एरेन्ज गरेकाछन् भने मिक्सिङ सुमन खड्काले गरिएको छ । गितको कोरियोग्रफी अजय स्याङतनले गरिएको छ । आज बाट बजार (युटुबमा) आएको सेलो गित शिर फुल गित भिडियो सुटिङ काठमण्डौको चोभारमा गरिएको गित रचनाकार पद्म मोक्तानले जानकारी दिए । आज बाट बजारमा आएको सेलो गित कोभिडको कारण सिमित कलकारहरुको उपस्थितिमा काठमण्डौ बनस्थली बर्गर हाउसमा बरिष्ठ कलकार चन्द्र कुमार दोङको हातबाट सार्वजानिका गरिएको मोकतानले जानकारी दिए । पद्म मोक्तानको गीति लेखन सेलो गित शिर फुल पहिलो प्रयास रहेको छ ।
भिडियो : https://www.youtube.com/watch?v=1PKb2ZbUbQc

तपाईको प्रतिक्रिया