बनेपा÷जसले त्यही कामलाई फरक ढंङ्गले काम गर्छ त्यो मान्छे सफल बन्छ भन्ने उदाहरण बन्नुभएको छ काभ्रेपलाञ्चोक जिल्लाका सिडिओ हुमकला पाण्डे र एसपी चक्रराज जोशी ।
हुमकला पाण्डे काभ्रेको पहिलो महिला सिडिओ हुनुहुन्छ भने चक्रराज जोशी एसपी भएपछि पहिलो पटक जिल्लाको कमाण्ड सम्हानु भएको छ । काभ्रेबासीले एक महिनामै उहाँहरुले आफू सफल हुने छाँटकाँट देखाईसक्नु भएको छ ।
काभ्रेको विकट मानिएको कोशीपारीका प्रहरी कार्यालयमा पुगेर स्थलतगत निरीक्षण गरिसक्नु भएका सिडिओ र एसपीले काभ्रेका मण्डनदेउपुर, रोशी, तेमाल, पाँचखालका प्रहरीचौकी र जनप्रतिनिधीसँग त्यहाँको बारेमा जानकारी लिइसक्नु भएको छ ।
काभ्रेको देखिएको लागू औषध कारोबारी नियन्त्रण, अदालतबाट फैसला भएका फरार अपराधी नियन्त्रण, काभ्रेमा धेरैपछि अनैतिक गतिविधी गराउनेलाई पक्राउ गरेको छ । यसले काभ्रेका जनतामा उत्साह छाएको छ भने कालोबजारी र फटाहहरु छटपटाउन थालेका छन् ।
जिल्लामा प्रहरी प्रमुखमा नयाँ नेतृत्वको आगमनसंगै प्रहरीले सकृय ढंगबाट कार्यको सुरुवाती गरेको छ । जिल्लामा शान्ति सुरक्षाको अवस्थालाई सहज बनाउने कार्यको लागि विभिन्न ढंगको योजनाहरु बनाई मातहतका प्रहरी परिचालन गर्ने कार्य भैरहेको नागरिकस्तरबाटै प्रशंसा आउन थालेको छ ।
कानुनले निषेध गरेको कार्य गर्ने गराउनेलाई लक्षित गर्दै अगाडी बढ्ने क्रममा जिल्लामा हुने विभिन्न गतिविधिलाई प्रहरीले नियालेको छ । जस अन्तर्गत जिल्ला प्रहरी कार्यालय काभ्रेले बुधबार ५ सय लिटर कच्चा पद्धार्थ र १५ सय ६६ लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
जिल्लामा नयाँ नेत्तृत्व सम्हालेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले काभ्रेको विभिन्न स्थानमा गरेको अनुगमन तथा निरीक्षणका अधिकांश स्थानबाट घरेलु मदिराका कारण समाजमा झैँझगडा लगायतका अपराधजन्य गतिविधि बढेको र यसको न्यूनिकरण गर्न स्थानीयले सुझाव दिएपछि यसका नियन्त्रणका लागि कार्यालयले अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।
टिपर नै प्रमुख चुनौती
काभ्रेका सिडिओ र एसपीको चुनौती भनेको टिपर नै हो । टिपरले ओभर लोड बोक्ने, पानी चुहाउने, प्रेसर हर्न बजाउने, ओभर स्पिटमा चलाउने कयौ गुनासो आउन थालिसकेको छ ।
यो कार्य रोक्न सकेमा र निर्लज्ज रुपमा भैरहेको प्राकृतिक दोहन रोक्न सकेमा उहाँहरु प्रशंसा नै प्रशंसाको हकदार हुनुहुन्छ । हैन भने ठूला माछा तर्साउन सानालाई खेदेको बाहेक थप हरु कुरा काभ्रेली जनताले बुझ्ने छैनन् ।
तपाईको प्रतिक्रिया