प्रेस चौतारीको महाधिवेशन

प्रेस चौतारी नेपालको १० औँ महाधिवेशन आइतबार (आज) बाट विराटनगरमा सुरु हुँदै छ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र देशका ७७ वटै जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षक विराटनगरमा आइपुगेको प्रेस चौतारी नेपाल केन्द्रीय सचिव विक्रम लुइँटेलले जानकारी दिनुभयो ।

नेकपा (एमाले) को शुभेच्छुक सङ्गठन प्रेस चौतारी नेपालको १० औँ महाधिवेशन पार्टीका महासचिव शङ्कर पोखरेलले उद्घाटन गर्नुहुने छ । महाधिवेशनमा आयोजक, मनोनीत र निर्वाचित गरी नौ सय जना प्रतिनिधि सहभागी हुने सचिव लुइँटेलले जानकारी दिनुभयो । अधिवेशनले नौ पदाधिकारी र ९० केन्द्रीय सदस्य गरी ९९ जनाको केन्द्रीय कमिटी निर्वाचित गर्ने छ ।

विराटनगरको होटल मनास्लुमा आयोजना हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

तपाईको प्रतिक्रिया