नव क्षितिजको बार्षिकोत्सवमा ७४ जनालाई सम्मान


बनेपा/नव क्षितिज साप्ताहिकले रजत वर्ष समापनको अवसरमा ७४ जनालाई सम्मान गरेको छ । सोमबार बनेपामा आयोजित विशेष कार्यक्रममा पत्रिकालाई सहयोग गर्ने तथा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने महानुभावलाई सम्मान गरेको हो ।
पत्रिकाका अध्यक्ष तथा प्रधान सम्पादक नवराज बजगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रिकालाई विविध रुपले सहयोग गर्नेहरुलाई सम्मान गरिएको हो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बरिष्ठ साहित्यकार मोहन दुवाल, भुमी समस्या समाधान आयोगका अध्यक्ष विदुर हुमागाई, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने लगायतले धारणा राखेका थिए । कार्यक्रममा पत्रिकाका संचालक रविन्द्र सिग्देलले स्वागत मन्तब्य राखेका थिए । धन्यवाद ज्ञापन पत्रिकाका सहसम्पादक अरबिन्द्र गौतमले राखेका थिए ।

तपाईको प्रतिक्रिया