विश्व भेटेरिनरी दिवस–२०२६ विविध कार्यक्रमसहित सम्पन्न

धुलिखेल, वैशाख १२
“Veterinarians: Guardians of Food and Health” भन्ने मूल नाराका साथ विश्व भेटेरिनरी दिवस–२०२६ काभ्रेपलाञ्चोक तथा सिन्धुपाल्चोक कार्यक्षेत्र समेट्ने पशुसेवा कार्यालयद्वारा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ।
कार्यालयका प्रमुख वरिष्ठ पशुचिकित्सक डा. ब्रज किशोर ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न स्थानीय तहका पशुपन्छी तथा मत्स्य शाखाका प्रमुख तथा प्रतिनिधि, पशुचिकित्सक, पाराभेटेरिनरीयन, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा AHLSPC का प्रतिनिधि, नेपाल भेटेरिनरी एशोसिएसन (नेभ्ला) का अध्यक्ष, नेल्टा प्रतिनिधि, पोल्ट्री व्यवसाय संघका अध्यक्ष, हिमालयन भेटेरिनरी क्लिनिक एण्ड ल्याब तथा हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर प्रा.लि.का सञ्चालकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम अन्तर्गत पशु स्वास्थ्य, खाद्य सुरक्षा र स्वच्छ उत्पादनसँग सम्बन्धित समसामयिक विषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो। सहभागीहरूले पशुजन्य उत्पादनको गुणस्तर सुधार, रोग नियन्त्रण तथा सुरक्षित खाद्य आपूर्तिमा भेटेरिनरी क्षेत्रको महत्वपूर्ण भूमिकाबारे विचार राखेका थिए।
त्यसैगरी, स्थानीय फर्महरूमा स्थलगत रूपमा पशु औषधि वितरण गरिएको थियो। पशुपालकहरूलाई लक्षित गर्दै पशु स्वास्थ्य र स्वच्छ उत्पादनसम्बन्धी सन्देश प्रवाह गर्न विभिन्न स्थानहरूमा जनचेतनामूलक व्यानरसमेत राखिएको कार्यालयले जनाएको छ।
कार्यक्रम सफल पार्न सहयोग गर्ने हिमालयन भेटेरिनरी क्लिनिक एण्ड ल्याब तथा हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर प्रा.लि.प्रति आयोजकले आभार व्यक्त गरेको छ।
अन्त्यमा, सम्पूर्ण भेटेरिनरी पेशाकर्मी तथा सम्बन्धित सरोकारवालाहरूलाई शुभकामना व्यक्त गर्दै पशुधन संरक्षण र जनस्वास्थ्य प्रवर्द्धनमा अझ सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको छ। कार्यक्रममा सहजकिरण डा.शुसिला श्रेष्ठले गर्नुभएको थियो भने नेभ्ला काभ्रेका अध्यक्ष सुर्यबहादुर खत्रीले मन्तव्य राख्नुभयो ।

तपाईको प्रतिक्रिया