स्वस्थ्य उत्पादन उपभोक्तालाई पु¥याउन पनौतीमा फुड बैक


कृषकदेखि उपभोक्तासम्म पुग्दा हुने बिचौलिया र नाफा रोक्न राष्ट्रिय कृषि कम्पनी नेपालले नयाँ योजना सार्वजनिक गरेको छ । कृषक र उपभोक्तालाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यले काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा ओजोन वास प्रविधियुक्त …फुड बैंकÚ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।
राष्ट्रिय कृषि कम्पनी नेपालको सहायक कम्पनी आर.के.सि.एन.एल.फुड बैंक लिमिटेडले वैशाख ५ गते शनिबार एक कार्यक्रमका बीच यसको औपचारिक शुभारम्भ गर्ने तयारी रहेको बिहीबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष विशाल हुमागाईले यसको उद्देश्य, हालसम्मको प्रगति र भावी योजनाबारे जानकारी दिनुभयो । ओजोन वास प्रविधि प्रयोग गरी तरकारी तथा फलफूलमा रहेका विषादी अवशेष न्यूनिकरण गरेर उपभोक्तालाई स्वस्थ, सुरक्षित र ताजा उत्पादन उपलब्ध गराउने लक्ष्य राखिएको बताउनुभयो ।
…देशका विभिन्न जिल्ला तथा विशेष गरी काभ्रेको पनौती, बेथानचोक र बनेपाका कृषकलाई समेटेर पहिलो चरणमा कार्यक्रम सुरु गरिएको छÚ–अध्यक्ष हँुमागाईले भन्नुभयो …भविष्यमा करिब ६० हजार कृषकसम्म यो कार्यक्रम विस्तार गर्ने लक्ष्य छ ।Ú
कम्पनीले प्रयोगमा ल्याएको ओजोन वास प्रविधिअन्तर्गत ओजोनयुक्त पानी प्रयोग गरी तरकारी तथा फलफूलमा रहेका जीवाणु नष्ट गरिन्छ । यसले कीटनाशक अवशेष हटाउने, दुर्गन्ध तथा हानिकारक तत्व हटाउने, साथै खाद्य पदार्थको शेल्फ लाइफ बढाउने काम गर्छ । यस प्रविधिबाट उपभोक्ताले सुरक्षित र स्वास्थ्यकर खाद्य पदार्थ उपभोग गर्न पाउने विश्वास गरिएको छ । यो काभ्रे जिल्लामै पहिलोपटक यस्तो प्रविधियुक्त फुड बैंक सञ्चालनमा आएको हो । अध्यक्ष हुमागाईले कम्पनीले बहुउद्देश्यीय उत्पादन, बजार व्यवस्थापन, कृषकलाई समूहगत उत्पादनमा सहजीकरण तथा सहकारीसँग समन्वय गर्दै दिगो कृषि प्रणाली विकासमा योगदान पु¥याउने जानकारी दिनुभयो ।
पनौती–४ ठाडोबाटोमा स्थापना गरिएको उक्त फुड बैंकमा ताजा तरकारी र फलफूल संकलन तथा बिक्री वितरण गरिनेछ । कम्पनीका प्रवन्ध निर्देशक सुदिप सापकोटाले उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण प्रक्रियामा ध्यान दिँदै कृषक र उपभोक्ता दुवैलाई प्रत्यक्ष फाइदा पुग्ने गरी फुड बैंक सञ्चालन गरिएको दाबी गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले फुड बैंकको दिगोपनाका लागि आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनउनुभयो ।
धुलिखेल नगरपालिकाका कार्यवाहक नगर प्रमुख निराजन जंगमले कृषि उत्पादनको गुणस्तरले पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रम कम्पनीका सचिव विष्णु बरालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, स्थानीय सञ्चारकर्मी तथा कम्पनीका विभिन्न तहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया