राष्ट्रिय भेटेरिनरी सम्मेलनहुँदै


नेपालको अर्थतन्त्रमा कृषिसँगै पशुपालन क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ । पशु स्वास्थ्य सेवा अझै पनि चुनौतीपूर्ण अवस्थामा गुग्रिरहेको त्यस क्षेत्रका विज्ञहरू बताउँछन् । ग्रामीण क्षेत्रमा दक्ष जनशक्ति अभाव, आधुनिक प्रविधिको सीमित प्रयोग, रोगको समयमै पहिचान र नियन्त्रणमा समस्या तथा अनुसन्धानको न्यूनताले नेपाली किसानले हरेक बर्ष करोडौं रुपियाँको पशुधनको क्षति व्यहोर्न बाँध्य भएका छन् ।
नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोजकुमार शाहीले पशुजन्य रोगको जोखिम, महामारीको सम्भावना तथा खाद्य सुरक्षासँग जोडिएका चुनौतीहरूले भेटेरिनरी क्षेत्रलाई थप सुदृढ बनाउने आवश्यक रहेको उल्लेख गर्नुभयो । नेपालमा पशु स्वास्थ्य सेवा, अनुसन्धान र प्रविधिको विकासलाई थप सुदृढ बनाउने उद्देश्यले रुपन्देहीमा १६औँ राष्ट्रिय भेटेरिनरी सम्मेलन हुन लागेको छ । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धानकर्ता, विद्यार्थी तथा सरोकारवालाको सहभागिता हुने नेपाल भेटेरिनरी एशोसियसनका महासचिव डा.शंकर न्यौपानेले जानकारी दिनुभयो ।
सम्मेलनमा १५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत हुनेछन् भने १० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने उहाँले बताउनुभयो । १५ भन्दा बढी अन्तर्राष्ट्रिय आमन्त्रित वक्ताहरूले पशु स्वास्थ्य, महामारी नियन्त्रण, खाद्य सुरक्षा तथा जलवायु परिवर्तनका प्रभावजस्ता विषयमा आफ्नो अवधारणापत्र सार्वजनिक गर्र्ने कार्यतालिका रहेको एसोसिएसनले उल्लेख गरेको छ ।
प्राविधिक सत्र, अनुसन्धान प्रस्तुति, प्यानल छलफल तथा अनुभव आदानप्रदान कार्यक्रमसँगै विद्यार्थीहरूको क्षमता विकासलाई प्रोत्साहन गर्न …स्टुडेन्ट पोस्टर प्रतियोगिताÚ आयोजना हुने न्यौपानेले जानकारी दिनुभयो । …नयाँ पुस्तालाई अनुसन्धानतर्फ आकर्षित गर्ने विश्वास लिएका छौÚ उहाँले भन्नुभयो ।
सम्मेलनले नेपालमा भेटेरिनरी सेवाको गुणस्तर सुधार, नवीन प्रविधिको विस्तार तथा अनुसन्धानको प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। पशु स्वास्थ्य सुदृढ भएसँगै उत्पादन वृद्धि, किसानको आम्दानी वृद्धि तथा खाद्य सुरक्षामा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको लिएको भेटेरिनरी चिकित्सक डा.हरिकृष्ण थापाले उल्लेख गर्नुभयो ।
…एक स्वास्थ्यÚ अवधारणालाई व्यवहारमा उतार्दै मानव, पशु र वातावरणबीचको अन्तरसम्बन्धलाई मजबुत बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । सम्मेलनले नेपाल र अन्तर्राष्ट्रिय समुदायबीच सहकार्य विस्तार गर्ने अवसर प्रदान गर्ने विश्वास आयोजकले लिएको छ । विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्था तथा प्रविधि प्रदायकहरूको सहभागिताले नवीनतम प्रविधि र अभ्यास नेपालमा भित्राउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । राष्ट्रिय भेटेरिनरी सम्मेलनले नेपालको पशु स्वास्थ्य क्षेत्रलाई आधुनिक, व्यवस्थित र प्रभावकारी बनाउने भुमिका खेल्ने विश्वास लिईएको छ ।

तपाईको प्रतिक्रिया