बनेपाको मध्यभागमा उत्कृष्ट व्यवस्थापनमा संचालित ज्योति एकेडेमीका विद्यार्थीका लागि सचालन गरिएको साता व्यापी अतिरिक्त कृयाकलापको समापन एक भव्य कार्यक्रमबीच गरिएको छ । विद्यार्थीका लागि आयोजना गरिएको प्रतियोगितामा विद्यार्थीको उत्साहपूर्ण सहभागितामा सम्पन्न भएको विद्यालयका प्रिन्सिपल महेन्द्र बिष्टले जानकारी दिनुभयो ।
विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विभिन्न अतिरिक्त क्रियाकलापमार्फत आफ्नो प्रतिभा, सिर्जनशीलता र क्षमता प्रस्तुत गरेर आफू अब्बल रहेको प्रमाणित गरेका छन् ।
कार्यक्रममा नृत्य, गीत, वक्तृत्वकला, सांस्कृतिक प्रस्तुति तथा अन्य सिर्जनात्मक गतिविधिमार्फत विद्यार्थीहरूले आकर्षक प्रस्तुति दिएका थिए। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष त्रिरत्न मानन्धरको सभापतित्वमा भएको हो ।
ज्योतिका विद्यार्थी झनै अब्बल
2026-03-13T18:00:11+05:45

तपाईको प्रतिक्रिया