मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशका विभिन्न २६ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ।
काठमाडौंका अधिकांश क्षेत्रमा रास्वपाका उम्मेदवार अघि देखिएका छन् । झापा-५ मा बालेन शाह, चितवन-२ मा रबि लामिछाने, काठमाडौं–१ मा रञ्जु दर्शना, काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ र काठमाडौं–१० मा प्रदीप विष्टले अग्रता लिएका छन्।
त्यस्तै भक्तपुर–१ मा रुकेश रञ्जितले नेमकिपाका प्रेम सुवाललाई पछि पार्दै अग्रता लिएका छन् भने भक्तपुर–२ मा रास्वपाका राजीव खत्री अघि छन्। मोरङ–१ मा यज्ञमणि न्यौपाने, मोरङ–४ मा सन्तोष राजवंशी र मोरङ–५ मा आशा झाले अग्रता कायम गरेका छन्।
यसैगरी धनुषा–३ मा मनिष झाले अग्रता लिएका छन्। रौतहट–४ मा गणेश पौडेल र बारा–३ मा अरविन्द शाह अघि छन्। ललितपुर–२ मा जगदीश खरेल र चितवन–३ मा सोविता गौतमले पनि अग्रता कायम गरेका छन्।
गण्डकी प्रदेशतर्फ कास्की–१ मा खडकराज पौडेल, कास्की–२ मा उत्तम पौडेल र कास्की–३ मा बिना गुरुङ अघि देखिएका छन्। त्यस्तै रुपन्देही–२ मा सुलभ खरेल, बाँके–१ मा सुरेशकुमार चौधरी र कञ्चनपुर–२ मा दीपकराज बोहराले अग्रता लिएका छन्।

तपाईको प्रतिक्रिया