अभिभावकको मन जित्दै प्रगति प्रभात


अभिभावकको मन जित्दै प्रगति प्रभात नाम जस्तै काम पनि, निरन्तर सफलता र प्रगति । कक्षा युकेजीमा अध्ययनरत छोराको अभिभावक दिवसमा मन्तव्य राख्दै सुरेश राजा शाहीले आफूले आफ्नो सन्तानका लागि सही र उत्कृष्ट विद्यालय रोजेकोमा मन्तव्य मार्फत धन्यवाद दिनुभयो । उहाँको छोराले शासक राजा शाहीले लाखे नाँच देखाएर त्यहाँका अभिभावकको मन मात्रै जित्नुभएन, उत्कृष्ट विद्यालयमा अध्ययन गरेको प्रमाणित समेत गर्नुभयो ।
अभिभावक रोजिना भण्डारीले आफ्नो छोरीको आवाज नआउँदा अरु स्कूलले वेवास्ता गरेको समयमा प्रगतिले भर्ना लिएर उसको उत्कृष्ट स्याहरसुसार गरेर गुन लगाएको बताउनुभयो ।
बार्षिकोत्सवमा ठूला कक्षाका विद्यार्थीले दिने प्रस्तुतीले साना कक्षाका विद्यार्थीहरु ओझेलमा पर्न सक्ने देखेर सो विद्यालयले प्ले गुप्रदेखि कक्षा युकेजीसम्मका विद्यार्थीको बार्षिकोत्सव गरेको हो । शुक्रबार पहिलो दिन सयौं विद्यार्थीै र अभिभावक कार्यक्रममा सहभागी हुनुभयो ।


बनेपाको मुटु चारदोबाटो नजिकै रहेको प्रगति प्रभात एकेडेमी सेकेन्डरी स्कूल बनेपा–७ को ३९ औ अभिभावक दिवसको पहिलो दिन कक्षा नर्सरीदेखि कक्षा युकेजीसम्मका विद्यार्थीले आफनो प्रतिभा देखाएका छन् । उ भन्दा उ अझै उत्कृष्ट । नृत्यमा झनै पोख्त, विद्यार्थीको भव्य तयारीले अभिभावक पनि निक्कै खुसी हुनुभएको थियो । सोही अवसरमा युकेजीबाट कक्षा एकमा स्तरोन्नती भएका विद्यार्थीलाई दिक्षित समेत गरिएको थियो ।
विद्यालयले संस्थापकको सम्मान समेत गरेको छ । विद्यालयका संस्थापक प्रिन्सिपल जयन्द्र प्रधानलाई प्रमुख अतिथीको रुपमा बोलाएर विद्यार्थी र अभिभावकलाई प्रगतिको विगतको बारेमा स्पष्ट पारेको छ । उहाँले उबेलाको शिक्षा दिने तरिका र अहिलेको तरिकामा भिन्नता रहेको उल्लेख गर्नुभयो । प्रधानले पहिलाको शिक्षा प्रणली र सिकाई र अहिलेको शिक्षा प्रणली सिकाई फरक रहेको बताउनुभयो । उहाँले उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो भने शिक्षकलाई सम्मान गरिएको थियो । संचालक समिति अध्यक्ष तुयुलक्ष्मी शाक्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्य, नेपाली शिक्षक विज्ञ रामचन्द्र भट्टराई व्यवस्थापकिय निर्देशक चन्द्र प्रसाद ताजपुरिया, प्रिन्सिपल सुमित्रा श्रेष्ठ, परीक्षा प्रमुख गणेश हुमागाई, अतिरिक्त क्रियाकलाप प्रमुख रोजिता पराजुली लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रिन्सिपल सुमित्रा श्रेष्ठले प्रस्तुत गर्नुभयो । उहाँले विद्यालयमा ७ सय जना विद्यार्थीहरुले अध्ययन गरिरहेको जानकारी गराउनुभयो । उहाँका अनुसार कक्षा ८ देखी स्मार्ट वोर्ड मार्फत अध्यापन गराएको, विद्यार्थीहरुलाई प्राविधिक शिक्षालाई जोड दिएको, अतिरिक्त कक्षाहरुलाई विशेष प्राथमिकतामा राखी अध्यापन गराउँदै आएको जानकारी सभामा गराउाुभयो । प्रत्येक विद्यार्थीहरुलाई उहाँहरुको क्षमता अनुसार विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिन लगाएको प्रिन्सिपल श्रेष्ठले बताउनुभयो । सोही अनुसार अभिभावक दिवसमा विद्यार्थीहरु सहभागी हुनुभएको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन निर्देशक चन्द्रप्रसाद ताजपुरियाले अभिभावकको उपस्थितीले हौसला मिलेको बताउनुभयो । उहाँले आफूहरुले सकेको मेहनत गरेको र अभिभावकको पनि रचनात्मक सल्लाह र सुझावले सदैव हौसला मिल्ने बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया