बनेपा बहुप्राविधिक शिक्षालयमा बनेपा कार्यपालिकाको गिद्धे नजर


बनेपा÷काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका त्यति धेरै मिडियामैत्री छैन । सो नगरका हरेक शाखामा सिन्डिकेट जस्तै छ । सामाजिक संञ्जालमा फोटो आएपछि मात्रै त्यहाँका गतिविधि भएको थाहा पाईन्छ । प्रमुख र उपप्रमुखको हरेक पटक कर्मचारी के के गछर्न् भनेर टार्ने बाहेकको थप प्रतिक्रिया नै दिदैनन् । यस पटक केही संचारकर्मीको सामाजिक संञ्जालमा र केही अनलाईन पोर्टलमा समाचार छापिएपछि बनेपा नगरपालिकाले पनि आफ्नो १७ औं नगर अधिवेशन भएको खबर सार्वजनिक भयो । नियमित प्रकृयाका रुपमा सबैले बुझे ।
सिमित संचारकर्मीलाई निमन्त्रणा गरिएको बनेपा नगरपालिकाको १७ औं नगर अधिवेशन त्यती धेरै चर्चामा आएन । तर प्रतिनिधिसभाको निर्वाचनको सम्मुखले हो वा अरु नै कारणले त्यतीबेलाको एउटा निर्णय बदरको आवाज सामाजिक संञ्जालमा गुञ्जिएको छ । जेनजी नवयुवाको आन्दोलनको क्रममा युवाहरुले धेरै संरचनामा तोडफोड गरे । त्योमध्ये एक हो बनेपा नगरपालिका । बनेपा नगरपालिका भवन भित्रका सबै कुरा जले । किन काभ्रेका १३ पालिकामध्ये बनेपाको भवन ध्वस्त बन्यो । सायद त्यो १७ औं नगरसभाले सार्वजनिक समिक्षा र निर्णय पनि गरेको होला । त्यो भने सार्वजनिक भएन । सिमित र आफू अनुकुल संचारकर्मी बोलाएर भएको नगरसभाको निर्णय पौष ३० गते सार्वजनिक हुने कुरा भएन । तर सो नगरसभामा पेस भएको विशेष प्रस्तावले यतीबेला सामाजिक संञ्जाल तताएको छ । भवन जलेपछि भवनको खोजि हुने क्रममा बनेपा प्राविधिक शिक्षालयलाई बनेपाले एउटा भवन प्रयोग गर्न दिन अनुरोध गरेपछि त्यसो गर्न नसकिने प्रतिक्रिया आएपछि शिक्षालयसँग बनेपा नगरपालिका क्रुध बनेको थियो ।
दलबाट निर्वाचित जनप्रतिनिधिले एक अर्कालाई चुनावको मुखमा आरोप लगाउनु आपु चोख्खिन खोज्नु सामान्य जस्तै हो । एमालेबाट निर्वाचित जनप्रतिनिधिको स्पष्ट बहुमत भएको बनेपामा नेपाली कांग्रेसबाट विजयी नगर प्रमुख शान्तिरत्न शाक्यले नगरपालिकाको १७ औ अधिवेशनमा पेश गरको विशेष प्रस्तावको कार्यान्वयन हुन थालेपछि भने सामाजिक संञ्जाल मार्फत त्यसको विरोध गरिएको छ । यसमा प्रस्ताव ल्याउने र पारित गर्ने दुवै पक्षको निर्णय कार्यान्वयन गराउने बिषयमा बराबर जिम्मेवारी देखिन्छ ।
२०८२ पौष ३० गते बुधबार आयोजित सभामा नगर प्रमुख शाक्यले बनेपा ५ मा रहेको नेपाल बनेपा बहुप्राविधिक शिक्षालयका भवन तथा शिक्षालयले चर्चेको सम्पूर्ण जग्गा नगरपालिका मातहत ल्याउने सम्बन्धी विशेष प्रस्ताव पेस गर्नुभएको रहेछ एक स्थानीयले सामाजिक संञ्जाजमा लेखेका छन् । त्यो निर्णय कार्यान्वयनका लागि बनेपा नगरपालिकाले शिक्षालयलाई पत्र काटेपछि मात्रै थाहा पाईयो शिक्षालय हटाउन पाईदैन उहाँले लेख्नुृभएको छ ।
सभाले पास गरेको उक्त प्रस्तावका आधारमा नगर प्रमुख शाक्यले शिक्षालयलाई २०८२ माघ ४ गते पत्र लेख्दै ठाउँ खाली गरिदिन निर्देशन दिएको पत्र सार्वजनिक भएसँगै नगर प्रमुख शाक्य र नगर सभाको विशेष प्रस्ताव पास गर्ने निर्णयको विरोध भएको हो । ‘शिक्षालय सार्न पाईदैन, शिक्षालय मास्न पाईदैन’–स्थानीयले सामाजिक सञ्जाल मार्फत भनेका छन् । नगरपालिकाले उक्त निर्णय नसच्याए चरणबद्ध आन्दोलनको विकल्प छैन ।’
नेपाल बनेपा बहुप्राविधिक शिक्षालयलाई नगर प्रमुख शाक्यले लेखेको पत्रमा भनिएको छ–‘नगर सभाको २०८२ पौष ३० गते बुधबार बसेको १७ औ अधिबेशनबाट बनेपा ५ मा रहेको नेपाल बनेपा बहुप्राविधिक शिक्षालय रहेका भवनहरु र शिक्षालयले चर्चेको सम्पूर्ण जग्गा बनेपा नगरपालिका मातहत ल्याई सोहि स्थानमा बनेपा नगरपालिकाको कार्यालय संचालन गर्ने सम्वन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएकाले आगामी शैक्षिक सत्रदेखि त्यहाँ शिक्षालयमा संचालन हुने पठनपाठनको कार्यक्रम अन्यत्र बैकल्पिक स्थानमा संचालनको ब्यवस्था मिलाई सो ठाउँ खाली गरिदिनु हुन अनुरोध छ ।’
नगरपालिकाको प्रशासकीय भवन भदौ २४ गते नवयुवा जेनजी आन्दोलनमा क्रममा जलेको थियो । नगरपालिकाले त्यस लगत्तै विभिन्न स्थानमा कार्यालयका लागि भवनहरु खोज्यो तर फेला पार्न सकेन । तत्कालका लागि वडा नम्वर १० को कार्यालयलाई कार्यालय संचालन गर्ने निर्णय ग¥यो र ५६ लाख रुपैया खर्च गर्यो । पुनः नगरपालिकाले उक्त शिक्षालयमा प्रशासकीय भवन बनाउने निर्णय गरे पछि विवाद सिर्जना भएको हो । शिक्षालय सारेर प्रशासकीय भवन संचालन गर्ने निर्णयको विरोध भएको हो । यसको नैतिक जिम्मेवारी एकजना मेयरले मात्रै हैन सिंगो कार्यापालिका, नेपाली काग्रेस र एमालेबाट विजयी भएका जनप्रतिनिधिले लिन सक्नुपर्नेमा स्थानीयले जोड दिएका छन् ।

 

तपाईको प्रतिक्रिया