
रयाले । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाईले आजबाट पनौती नगरपालिकामा घरदैलो तथा मतदातासंग भेटघाट अभियान सुरु गर्नुभएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकीदै जाँदा मतदाता भेटघाट एवं घरदैलो अभियानलाई तब्रिता दिइएको हो । निर्वाचन परिचालन कमिटी काभ्रे क्षेत्र नं. २ का संयोजक टोक बहादुर वाईबाका अनुसार आज विहान पनौती नगरपालिकाको कुशादेवी बजार क्षेत्रका मतदाताहरुसंगको भेटघाट पछि अहिले वडा नं. १ रयाले पर्खालचौर पुगेका छन् ।
सो ठाउँमा घरदैलोसंगै मतदाताहरुसंग भेटघाट गरी नागरिकको कुरा सुन्ने र त्यसको सम्बोधनका लागि प्रतिबद्धता व्यक्त गर्ने अभियान रहेको छ । आज सोही क्षेत्रको कुशादेवी, रोशी र कलाँती भूमेडाँडाका मतदाताहरुसंग भेटघाट र छलफल जारी रहने निर्वाचन परिचालन कमिटीले जनाएको छ ।
यसअघि बेथानचोक गाउँपालिका, मण्डनदेउपुर नगरपालिका र बनेपा नगरपालिकाको नाला क्षेत्रका मतदाताहरुसंग घेटघाट र छलफल सम्पन्न गरेको टोलीले आजबाट पनौती नगरपालिकाका मतदाताहरुसंग भेटघाट र छलफल अभियान थालिएको हो ।
अभियानको क्रममा मतदाताहरुले उम्मेदवार हुमागाईलाई भब्य स्वागत गर्दै जनताका असली उम्मेदवार बसुन्धरा हुमागाईलाई मतदाताहरुले नै मत प्रदान गरी विजयी गराउन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया