प्रिय नमोबुद्धका युवा साथीहरू,
हामी धेरै समयदेखि प्रतीक्षामै छौं। पढ्यौं, संघर्ष गर्यौं, सपना देख्यौं,तर अवसर सधैं बाहिर खोज्न बाध्य भयौं। गाउँ उस्तै रह्यो, समस्या उस्तै छन्, र हाम्रो ऊर्जा लगातार बेवास्ता हुँदै गयो।
सरकार फेरिए, अनुहार फेरिए, तर युवाको भाग्य फेरिएन। यही यथार्थले आज हामीलाई सोधिरहेको छ,अब पनि चुप लागेर बस्ने?
म भाषण गर्न होइन, जिम्मेवारी लिन आएको हुँ। म तपाईंहरूको अगाडि होइन, तपाईंहरूसँगै उभिन आएको हुँ। यही माटोमा पसिना बगाएर, यही ठाउँमा भविष्य बनाउन सकिन्छ भन्ने अटुट विश्वास लिएर आएको हुँ।
म सूर्य चिन्ह लिएर आएको छु,निराशा चिर्ने उज्यालो बोकेर, युवाको शक्तिलाई परिवर्तनको आगोमा बदल्ने संकल्प बोकेर।
अब समय आएको छ,
हेर्ने होइन, गर्ने।
भाग्ने होइन, बनाउने।
एक्लै होइन, सँगै उठ्ने।
यदि तपाईं पनि आफ्नो गाउँमै भविष्य देख्न चाहनुहुन्छ भने,
हातेमालो गरौं,
कदम सँगै चालौं,
र नमोबुद्धको भविष्य आफ्नै हातले बदलौं।
अमित लामा
नेकपा एमाले, केन्द्रीय सदस्य
प्रतिनिधि सभा सदस्य उम्मेदवार, काभ्रे~१
नमोबुद्धको भविष्य आफ्नै हातले बदलौं : अमित लामा
2026-02-03T06:52:06+05:45

तपाईको प्रतिक्रिया