
एउटा विद्यालय सफल हुनुमा कति जनाको भुमिका हुन्छ भन्ने उदाहरण हेर्न आदर्श विद्या मन्दिरमा गए पुग्छ । एक जना हैन दुई जना हैन दर्जनौ व्यक्ति र संस्थालाई सम्मान गरेर सो विद्यालयले आफू अब्बल रहेको प्रमाणित मात्रै गरेको छैन । भोलिका दिनमा सफलताको अझ सिढी चढ्ने कुराको मार्ग निर्देश गरेको छ ।
१७ बर्षअघि चालक बनेर आर्दश विद्या मन्दिर प्रवेश गर्दा राजन मानन्धरले आफू सम्मानित हुन्छु भन्ने सोचेका पनि थिएनन् । २०८२ सालको बार्षिकोत्सव तथा अभिभावक दिवसमा सम्मानित हुदा आफू सही पेसामा रहेको र राम्रो संस्था चयन गरेकोमा खुसी साटे । उहाँ २०६५ सालदेखि सो सस्थामा आबद्ध हुनुहुन्छ । उहासँगै उहाको सहकर्मी यादव सापकोटा पनि सम्मान हुनुभयो । हामीले विद्यालयका विद्यार्थीलाई राम्रोसँग लाने र ल्याए वापत सम्मान पाउँछौ भनेर नसोचेको सापकोटाले बताउनुभयो । उहाँहरुले नगद पुरस्कार पाउनुभयो ।
विगत चार बर्षदेखि निरन्तर सो विद्यालयको सुरक्षागार्डमा कार्यरत विभिषण कुईकेल पूर्व सेना हुनुहुन्छ । कडा मिसास तर नम्र व्यवहारले उहाँ शिक्षक र विद्यार्थी माझ निक्कै
प्रिय हुनुहुन्छ । उहाँले विशेष समारोहका बीच नगद पुरस्कार सहित सम्मानित हुनुभयो ।
विद्यालयमा शिक्षकको जस्तै भुमिका सफाईकर्मीको पनि हुन्छ । उहाँबिना विद्यालय अधुरो जस्तै हुन्छ । खानेपानीको सफाईदेखि समग्र सफाईमा ध्यान दिने सम्झना आलेमगर उत्कृष्ट बन्दै सम्मानित र नगद सहित पुरस्कृत हुनुभयो ।
शिक्षक कर्मचारीमा महिला नै उत्कृष्ट

विद्यालयले विभिन्न विधामा शिक्षक र कर्मचारीलाई नगद सहित सम्मान गर्याे । सम्मान पाउनेमा अधिकाशं महिला शिक्षिका र कर्मचारी परे । उत्कृष्ट को अडिनेटर पार्वती हुँमागाई चुनिनुभयो । लेखापाल सुबिना काफ्ले चयन हुनुभयो ।
त्यस्तै बिषयगत विधा र कक्षामा पनि शिक्षिकाहरु नै अघि देखिनुभयो ।
हरेक परीषामा उत्कृष्टताको आधारमा उहाँहरुलाई सम्मान गरियो । प्रथम त्रयोमासिकमा जुनियर तर्फ अनिता गौतम, सिनियर तर्फ उषा हँुमागाई, दोश्रो त्रयोमासिकमा जुनियमा शान्ति थापा, सिनियर अन्जु जिसी तेस्रो त्रयोमासिकमा जुनियरमा जयन्ती महत र सिनियरमा अनुपा सापकोटा उत्कृष्ट बन्नुभयो ।
विद्यार्थीमा छात्रा नै अब्बल

विद्यालयले कक्षा नर्सरीदेखि दशसम्मको नजितालाई आधार मानेर गरेको सम्मानमा अधिकाशं छात्राले छात्रलाई उछिनेका छन् । यसले छोरीहरु पढ्नमा अब्बल हुने कुराको प्रष्ट पुष्टि गरेको छ ।
जस अनुसार कक्षा १० सरा तामाङ, कक्षा ९ रोसनी गौतम, कक्षा ८ कृतिका गौतम, कक्षा ७ सलिना गौतम, कक्षा ६ उपासक आचार्य, कक्षा ५ निरुता पहाडी, कक्षा ४ अमु दाहाल, कक्षा ३ अनुश्री आचार्य, कक्षा २ आरबी दङ्गाल, कक्षा १ सुबानी अधिकारी, कक्षा युकेजी याक्की डोल्मा लामा, कक्षा एलकेजी सुहाना सापकोटा, नर्सरी सुप्रिया मोक्तान रहेका छन् । दोश्रो त्रयोमासिममा स्वस्तिका बुढाथोकी, रेजिना श्रेष्ठ, सुप्रिया दंगाल, श्रृयान्सी थापा, उपासक आचार्य, अलिषा भण्डारी, सुस्कृत अधिकारी, अनुश्री आचार्य, आरम्भी दंगाल, रिदम मोक्तान, एलेक्स दंगाल, सुहना थिङ र अनुभवी श्रेष्ठ क्रमशः दशदेखि नर्सरीसम्म उत्कृष्ट बनेका छन् ।
तेस्रो त्रयोमासिकमा अनुष्का घिमिरे, रोसनी गौतम, कृतिका गौतम, सलिना सापकोटा, उपासक आचार्य, निरुता पहाडी, सिसम दंगाल, पाल्साङ लामा, अनुष्का हुँमागाई, रियान्स सापकोटा, सुरबी श्रेष्ठ, सिजल दाहाल र रेनिज लिम्बु क्रमशः कक्षा दशदेखि नर्सरीसम्म उत्कृष्ट भएका छन् ।
उत्कृष्ट अभिभावकलाई पनि सम्मान
विद्यालयमा नियमित आउने, मासिक शूल्क बुझाउने, सरसल्लाह दिने, छोराछोरीको सफाईमा ध्यान दिने अभिभावकलाई पनि विद्यालयले सम्मान गरेको छ ।
सम्मानित हुने अभिभावकहरुमा कक्षा नर्सरीदेखि कक्षा दशसम्मका विद्यार्थीका आमाबुबा हुनुहुन्छ । विद्यालयका संस्थापक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

एक दर्जन संस्थागत सम्मान
विद्यालयले आफूलाई सहयोग पु¥याउनेलाई संस्थागत सम्मान गरेको छ । सम्मान पाउनेमा अरनिको नमूना बचत तथा ऋण सहकारी बनेपा सेवाकेन्द्र, जय माता दी निर्माण सेवा बनेपा, मामा भाञ्जा फर्निचर उद्योग बनेपा, क्वालिटी प्रिन्टिङ प्रेस बनेपा, तिरुपती डिजाईन बनेपा, सम्पुर्ण युनिफर्म बनेपा, एभेरेष्ट ईन्टरनेशनल म्यानेजमेन्ट कन्सलटेन्सी र तिमल्सिना ग्रिल एण्ड मेटल उद्योग रहेका छन् ।

तपाईको प्रतिक्रिया