बनेपा÷ भौतिक, व्यवहारिक तथा शैक्षिक रुपमा आफूलाई उत्कृष्ट ढंगले अघि बढीरहेको संस्था हो– नाईटिङ्गेल एकेडेमी बनेपा १० । एक बर्षअघि नाईटिङ्गेल एकेडेमीका विद्यालय संचालक समितिका अधयक्ष रत्नकुश रंजितकारले एउटा घोषणा गर्नुभएको थियो एक बर्षभित्र फुटसल ग्राउण्ड निर्माण गर्नेछु । नभन्दै सहिद दिवसको अवसर पारेर नाईटिङ्गेल एकेडेमीको प्राङ्गणमा खुल्ला मैदान निर्माण गरेर उद्घाटन गरिएको छ ।
जिल्लामै पहिलो पटक आफ्नो विद्यालयको अध्ययन गर्ने विद्यार्थीहरुका घाम लागेको समयमा मात्रै हैन र बर्षा भएको समयमा पनि नियमित रुपमा खेल्न मिल्ने खुल्ला फुटसल शुभारम्भ गरेको छ ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने र प्याब्सन बनेपाका अध्यक्ष महेन्द्र बिष्टले खुल्ला फुटसलको संयुक्त रुपमा लिबन काटेर शुभारम्भ गर्नुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रञ्जित, विद्यालयकी प्रिन्सिपल उमा बस्नेत, विद्यालयका खेलकुद शिक्षक संयोजक विक्रम प्रजापती लगायतले खुल्ला फुटसलले बालबालिकाहरुको शैक्षिक विकासमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

फुटसलको शुभारम्भ कार्यक्रममा प्याब्सन बनेपा र नेपाल पत्रकार महासंघ बीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको थियो । दुबै समुहलाई विद्यालयको तर्फबाट ट्रफि सहित मायाको चिनो प्रदान गरिएको थियो । विद्यालयले फुटसलको उद्घाटनको अवसर पारी विद्यालयको शैक्षिक कार्यक्रम अनुसार परिक्षाफल प्रकाशन गरेको थियो । शिक्षाको गुणस्तरसँगै विद्यालयले अतिरिक्त कृयाकलापलाई प्राथमिकतामा राखेको प्रिन्सिपल उमा बस्नेतले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया