युवाका ढुकढुकी र जुनसुकै बेला उपस्थित हुन सक्ने युवा उम्मेदवार अमित लामासँग एमालेको बलियो संगठनमात्रै छैन युवाको साथ छ । त्यस क्षेत्रका युवाले अमितलाई आईडलको रुपमा मान्छन् अनि हरेक बिषयमा साथ र समर्थन पनि गर्न सक्छन् ।
नेकपा एमालेको शक्तिशाली भातृ संस्था युवा संघको तल्लो कमिटीबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका लामाले उम्मेदवारी दर्ता गरेसँगै काभ्रे निर्वाचन क्षेत्र नं १ मा निर्वाचनको माहौल राम्रोसँग तातेको छ ।
युवा संघ नेपालको तल्लो कमिटीबाट राजनीतिक यात्रा सुरु गरेका लामा केन्द्रीय सदस्य, कोषाध्यक्ष हुँदै तीन कार्यकाल उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका उनी एक सक्षम उम्मेदवारका रुपमा देखा परेका छन् । उनले केही समय युवा संघको कार्यवाहक अध्यक्षको भूमिका समेत सम्हालेका थिए । पूर्णकालीन रूपमा पार्टी काममा सक्रिय लामाको उम्मेदवारीले सो क्षेत्रका सबै पालिकाका नेता कार्यकर्ता मात्रै हैनन् जनतामा पनि उत्साह थपिएको छ ।
एमाले काभ्रे जिल्ला कमिटीमा तीन कार्यकाल विभिन्न जिम्मेवारी सम्हाल्दै आएका लामा प्रदेश कमिटी सदस्य हुँदै केन्द्रीय सदस्यमा निर्वाचित भएर पार्टीमा आफूलाई स्थापित गरिसकेका छन् ।
काभ्रेको रोशी गाउँपालिका अन्तर्गत शिखरआम्बोटेमा जन्मिएका लामा एक सामान्य परिवारबाट आएका व्यक्ति हुन्। सानै उमेरदेखि विभिन्न व्यावसायिक गतिविधिमा संलग्न रहँदै परिवारको दायित्व र जीवनका चुनौतीसँग जुधेका उनले उद्यमशील जीवन रोजे, जसले उनलाई आत्मनिर्भर बनाएको छ ।
व्यवसायिक यात्रासँगै उनले नेकपा (एमाले) को राजनीतिक यात्रा पनि अघि बढाए। युवा उमेरमै रोजेको यो बाटो कहिले सहज त कहिले निकै कष्टकर बन्यो। तर, दुःख–सुख जे जस्तो भए पनि उनले एमालेसँगको सम्बन्धलाई निरन्तर अघि बढाए। त्यस क्रममा उनले व्यक्तिगत चाहना र व्यवसायिक समयसमेत पार्टीका लागि त्यागेका छन् । उनको उम्मेदवारीले युवामा भरोसा, मतदातामा उत्साह थपिएको दावी काभ्रे एमालेले गरेको छ । सो क्षेत्रमा एमालेको विरासत फर्काउन अमित सक्षम देखिएका छन् । त्यही भएर पार्टी प्रवेशका कार्यक्रम निरन्तर भैरहेका छन् । जनतासँग साक्षात्कारमा अमितलाई जनताको मिठो माया मिलेको छ । एउटा युवा सारथीका रुपमा अमितलाई त्यहाँका स्थानीयले हेरेका छन् ।
युवा नेता अमित मतदाताको मन जित्दै
2026-01-30T06:24:32+05:45

तपाईको प्रतिक्रिया