खानीखोला गाउँपालिका पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न


खानीखोला,
खानीखोला गाउँपालिकामा आयोजित पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा कुमारी माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ भने जनविकास माध्यमिक विद्यालय द्वितीय र जनहित माध्यमिक विद्यालय तृतीय स्थानमा रहन सफल भएका छन्।

विभिन्न खेल विधामा भएको प्रतियोगितामा भृकुटी माध्यमिक विद्यालय, बाल विकास माध्यमिक विद्यालय, शारदा माध्यमिक विद्यालय, धार्नेज्योती माध्यमिक विद्यालय तथा देवीस्थान आधारभूत विद्यालयले समेत पदक प्राप्त गरेका छन्।

उक्त प्रतियोगिताको आयोजक विद्यालय श्री जनविकास माध्यमिक विद्यालय रहेको थियो। विभिन्न खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र वितरण कार्यक्रम खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) को प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो।

खेलकुद प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, सहकार्य र खेल भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजक पक्षले जनाएको छ।

तपाईको प्रतिक्रिया