कालिदेवी आधारभूत विद्यालयको ३२औँ वार्षिकोत्सव, अभिभावक भेला तथा जुत्ता–स्टेशनरी वितरण सम्पन्न

मण्डनदेउपुर नगरपालिका–७ स्थित कालिदेवी आधारभूत विद्यालयको ३२औँ वार्षिकोत्सव, अभिभावक भेला तथा विद्यार्थीहरूलाई जुत्ता र स्टेशनरी वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

साविक महादेवस्थान गाविसका सबै वडामा विद्यालय रहे पनि वडा नं. ७ मा विद्यालय नभएकाले संविधानसभा सदस्य स्व. विदुर सापकोटाको पहल तथा स्थानीयवासीको सक्रियतामा २०५० सालमा कालिदेवी प्राथमिक विद्यालय स्थापना गरिएको हो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री ईश्वरीप्रसाद सापकोटाको अध्यक्षतामा तथा मण्डनदेउपुर नगरपालिकाका प्रमुख श्री टोकबहादुर वाइवाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष श्री विष्णुप्रसाद पौडेल विशेष अतिथिका रूपमा उपस्थित रहनुभयो।

कार्यक्रममा नगरपालिकाको नीति तथा योजना आयोगका उपाध्यक्ष श्री गोकुल गौतम, संस्थापक अध्यक्ष श्री थलप्रसाद सापकोटा, पूर्व अध्यक्षहरू, विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक, बुद्धिजीवी, शिक्षा सेवी, सहयोगी दाताहरू तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

नगर प्रमुख श्री वाइवाले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभयो। विद्यालयका शिक्षक श्री गंगा गौतम तथा साना विद्यार्थीहरूले शब्द र गीतमार्फत स्वागत प्रस्तुत गरेका थिए। बालबालिकाहरूको गीत तथा नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। कक्षा २ मा अध्ययनरत छात्रा सरु रम्तेलको मन्तव्यले विद्यालयको शैक्षिक गुणस्तर झल्काएको सहभागीहरूले बताए।

कार्यक्रममा सम्पूर्ण विद्यार्थीहरूलाई जुत्ता सहयोग गर्ने दाताहरू उत्तम सापकोटा, प्रदीप सापकोटा, रवि सापकोटा, प्रमोद सापकोटा र समीर सापकोटालाई धन्यवाद ज्ञापन गरिएको थियो। त्यसैगरी स्टेशनरी सामग्री सहयोग गर्ने किरण सापकोटा, सुरेश कुमार श्रेष्ठ, कृष्ण प्रधान, धिरज चौधरी, ऋषिकेश मेहता र टोपराज दाहाललाई पनि सम्मान गरियो।

पूर्व शिक्षक सम्मानमा दुर्गादेवी सापकोटा र उर्मिला लम्साल, यस वर्षको उत्कृष्ट शिक्षक श्री अनुजा सापकोटा तथा असल अभिभावक श्री राममाया दनुवारलाई सम्मानपत्र प्रदान गरिएको थियो।

नीति तथा योजना आयोगका उपाध्यक्ष श्री गौतमले नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको र त्यसको सकारात्मक परिणाम देखिन थालेको बताउँदै शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र नगरपालिकाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

विद्यालयमा विगत १६ वर्षदेखि अङ्ग्रेजी माध्यममा पठनपाठन हुँदै आएको छ। नर्सरीदेखि कक्षा ५ सम्म सञ्चालन भइरहेको यस विद्यालयमा हाल ९ जना शिक्षक कार्यरत छन्। विद्यालयका प्रधानाध्यापक श्री सुदर्शन नेपालले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।

कार्यक्रमको सञ्चालन शिक्षिका अनुजा सापकोटाले गर्नुभएको थियो। विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै कार्यक्रम समापन गरिएको थियो।

तपाईको प्रतिक्रिया