
कृषि व्यवसायमा उल्लेख्य भुमिका खेल्ने बिउ व्यवसायीको साझा संस्था नेपाल बिउ व्यवसायी संघ जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको नवौं बार्षिकोत्सव तथा चौथो साधारणसभाको अवसरमा व्यवसायिक हकहित, बिउ र प्रविधिका बिषयमा छलफल भएको छ ।
धुलिखेलको होटल गन्तव्यमा विशेष समारोहकाबीच काभ्रेका बिउ व्यवसायीको उपस्थितीमा साधारण सभा सम्पन्न भयो । जिल्ला कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले खाद्य सुरक्षासँग बिउको भुमिका रहेको बताउनुभयो । सरकारले निजी क्षेत्रसँगको समन्वयमा मात्रै राज्य अघि बढ्ने प्रतिबद्धता जनाएको नीतिमै सो कुरा उल्लेख गरेकाले बिउ व्यवसायीसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो । उहाँले दर्ता नगरेका व्यवसायीले तत्कालै व्यवसाय दर्ता गर्न तथा आवश्यक तालिम लिन अनुरोध गर्नुभयो । दर्ता प्रकृया र तालिम संचालन गर्नका लागि आफूहरुले निरन्तर सहजीकरण गरेको उहाँले बताउनुभयो । उहाँले हाईब्रिड आवश्यक हुने भएपनि रैथाने बिउको बिक्रीमा समेत ध्यान दिन अनुरोध गर्नुभयो ।
उहाँले हाईब्रिडमा समय समयमा आउने समस्याको सिकार व्यवसायी पनि बन्ने गरेको बताउनुभयो । किसानसँग प्रत्यक्ष सरोकार राख्ने निकाय भएकाले बिमा लगायतका प्राविधिक बिषय, किसानले औधि रुचाएका बाली र तरकारीको प्रोत्साहन र थप अध्ययन, बजारीकरणमा बिउ व्यवसायीले पनि भुमिका निर्वाह गर्न आवश्यक हुने उहाँले उल्लेख गर्नुभयो ।

बिउ व्यवसायी संघका केन्द्रीय अध्यक्ष सुरेश गुरुङले व्यवसायी संघमा आबद्ध व्यवसायीले अर्थतन्त्रको विकासमा सहयोग पु¥याएको बताउनुभयो । मुलुकलाई आत्मनिर्भर बनाउन बिउ व्यवसायीको भुमिकाको आधारमा सरकारले समन्वय गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बिउ व्यवसायी संघका पूर्व केन्द्रीय कोषाध्यक्ष सरोज सापकोटा, बिउ व्यवसायी संघ बागमती प्रदेशका निर्वतमान अध्यक्ष सुबासकुमार धिताल, बिउ व्यवसायी संघका पूर्व केन्द्रीय सदस्य रमन मानन्धर, बिउ व्यवसायी संघका प्रथम उपाध्यक्ष रामगोपाल खत्री, नेपाल पत्रकार महासंघ काभ्रेका कोषाध्यक्ष केशवराज पौडेलले बिउ व्यवसायीले भोगेका समस्याको बारेमा आफ्नो राय राखेका थिए ।
जिल्ला अध्यक्ष टिकाप्रसाद दाहालले व्यावसायिक एकता र किसानको हित नै आफूहरुको पहिलो लक्ष्य रहेको उल्लेख गर्नुभयो । काभ्रेमा ८४ वटा जना व्यवसायी बिउ व्यवसायी संघमा आबद्ध रहनु भएकोमा अधिकाशं उपस्थित भएर आफूसँग भएको समस्या समाधानको चर्चा परिचर्चा गरिएको छ । सचिव सम्भुप्रसाद पराजुलीले प्रगति तथा कोषाध्यक्ष हकिृष्ण मानन्धरले आर्थिक प्रतिवेदन अधिवेशनले पास गरेको छ ।
टिका कै नेतृत्वमा नयाँ समिति
अधिवेशनले टिकाप्रसाद दाहालको अध्यक्षतामा नयाा कार्यसमिति चयन गरेको छ । यसअघि उहाँकै नेतृत्वमा रहेको कार्यसमितिले पुनः उहाँकै अध्यक्षतामा अर्काे कार्यकालका लागि समिति चयन गरेको हो । समितिमा निर्वतमान अध्यक्ष रमन श्रेष्ठ पदेन सदस्य बन्नुभएको छ ।
समितिको उपाध्यक्षमा सुरेशसुन्दर सैंजु, सचिवमा सम्भुप्रसाद पराजुली र कोषाध्यक्षमा मुना दनुवार चयन हुनुभयो । समितिको सदस्यमा हिरालाल श्रेष्ठ, मनोज सापकोटा, माधव सापकोटा, दुर्गाप्रसाद दुलाल र रामगोपाल घिमिरे चयनहुनुभयो । नयाँ कार्यसमितिको पहिलो बैठकले एक जना सदस्य मनोनित गर्नेछ ।
बिउ व्यवसायीको जिल्ला अधिवेशन
2026-01-24T17:17:21+05:45

तपाईको प्रतिक्रिया