
रोशी गाऊपालिका वडा न ५ स्थित भुमिस्थान निमाबी र गुम्बाको जग्गामा भएको कि.नं. १०८ र २९ को सार्वजनिक जग्गाको बिचमा रहेको हजारौ बर्ष पुरानो नेपाल सरकारको सूचीकृत बन पैदावरमा पर्ने सिमलको वृक्ष कटान भए सङै स्थानियले जिल्ला बन कार्यालयमा करवाहीको लागि निवेदन दिएको पाइएको छ ।
अन्दाजी गोलाई ३० फिट थानको अन्दाजी उचाई ७५ मिटर भएको वृक्ष कटान गर्न रोशि गाउपालिका वडा न ५ का वडा अध्य्क्षको मौखिक आदेशमा सीमामा गर्ने स्थानीय माइला तामाङ र सेते तामाङलाई ५०,००० नगद दिई उक्त वृक्ष कटान गर्न लगाएको निवेदन मा उल्लेख छ । माइला तामाङ र सेते तामाडले मान्छेहरु लगाइ उक्त वृक्ष कटान गरेको गाँउमा भएको स्थानीय व्यक्तिहरुलाई थाहा जानकारी नदिई उक्त वृक्ष कटान गरेको तथा उक्त वृक्षको कटानका कारण सार्वजनिक स्थानको शोभा पनि घटेको तथा गुम्बामा आउने सरोकारवाला हरु सितल छहारी पनि नभइ उजाड स्थिति हुन गएको प्रति दुख प्रकट गर्दै निजहरुलाई हदै सम्मका नेपाल सरकार बन ऐन अन्तर्गत कानुनी कार्वाही गरी दिनु हुन जिल्ला वन कार्यालयमा स्थानिय सानु कान्छा तामाङले निवेदन दिएकाछन । जिल्ला प्रसाशन कार्यालय, काभ्रे लाइ बोधार्थ दिदै वृक्ष कटान गर्ने लाइ करवाही गर्न निवेदन दिएकाछन ।

तपाईको प्रतिक्रिया