
कुशादेवी । खेल क्षेत्रमा अग्रणी बिहावर क्षेत्रमा तीन दिने तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । यसलाई जिल्लास्तरीय तेक्वान्दोको मेलाको रुपमा हेरिएको छ ।
पनौती नगरपालिका वडा नं २ र ३ को संयुक्त आयोजनामा तेक्वान्दो प्रतियोगिता पुस ४ देखि सुरु आईतबार समापन हुँदैछ । कुशादेवी माध्यमिक विद्यालयको प्राङ्गणमा जारी खेलमा जिल्लाको विभिन्न तेक्वान्दो डोजोका खेलाडीहरु सहभागि छन् । तेक्वान्दो खेल प्रतियोगितामा जिल्लाका चार सय खेलाडी सहभागी छन् भने ८० भन्दा धरै पदकमा प्रतिस्पर्धा गर्दैछन् ।
शनिबार तेक्वान्दोको पुङ्सी, स्पाईरीङ बिभिन्न तौल समुहमा प्रस्तिपर्धा गरिएको छ । तेक्वान्दो प्रतियोगितामा महिला तर्फ २० देखि केजी ५८ केजीसम्म र पुरुष तर्फ २२ केजीदेखि ६० केजीसम्मको तौल समुमा प्रतिस्पर्धा भैरहेका छन् । २० स्वर्ण, २० रजत र ४० कास्य पदक सहित प्रथम ट्रफि, दोश्रो ट्रफि र नगद पुरस्कार रहेको आयोजकले जनाएको छ ।

प्रतिस्पर्धामा सहभागी खेलाडीहरूबाट कुनै पनि दर्ता शुल्क नलाग्ने तथा उनीहरूको खाना र बसोबासको सम्पूर्ण व्यवस्था आयोजकले नै मिलाएको केशव थापाले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न पुरस्कार बाहेक करिब १० लाख रूपैयाँ खर्च हुने आयोजक पनौती नगरपालिका वडा नं २ को वडा अध्यक्ष पुरुषोत्तम अधीकारीले बताउनुभयो । प्रतियोगितामा जिल्लाभरका खेलाडीहरू सहभागी र तीन दिनसम्म चल्ने प्रतियोगिताले खेलाडीको क्षमता अभिवृद्धि अनुसासित बनाउन सहयोग मिल्ने अध्यक्ष अधिकारीले विश्वास व्यक्त गर्नूभयो ।
प्रतियोगिताको उद्घाटन गर्दै पनौती नगरपालिका उप – प्रमुख गीता बञ्जाराले खेलकुद प्रतियोगिता सञ्चालन गर्न नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नूभयो । प्रतियोगिता सफल बनाउन खटिने सम्पूर्णलाई धन्यवाद दिँदै यस्ता प्रतियोगिताले खेलाडीको व्यक्तित्व विकास गर्नुका साथै खेलप्रतिको मोह र आकर्षणसमेत बढाउने विश्वास व्यक्त गर्नूभयो ।

पनौताी नगर पुर्व प्रमुख भिम न्यौपानेले बिभिन्न खेलहरु मार्फत युवाहरुले आआफ्नो क्षमता राख्न यस्तो प्रतियोगिताहरु भईरहनुपर्नेमा जोड दिनुभयो । जिल्लामा पनौती नगर बाट तेक्वान्दो खेलमा अन्तराष्ट्रि स्तरबाट मेडल ल्याउन सफल भएको यस्तो प्रतियोगिताहरुले थप खेलाडीहरुमा हौसला मिल्ने न्यौपानेले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा पनौती नगरपालिका वडा नं २ बाट तेक्वान्दो जिल्ला संघ अध्यक्ष केशब थापालाई खेलाडीहरुलाई आवश्यक खेल सामग्री बितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया