
काभ्रेपलाञ्चोक जिल्लाका युवा नेतृत्व महेन्द्र बिष्टले बागमती प्रदेश डजबल संघको आगामी अधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । लामो समयदेखि खेलकुदको क्षेत्राम कृयाशिल रहनु भएको बिष्टले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । नेपाल डजबल फेडेरेसन अन्तर्गत बागमती प्रदेशमा डजबल खेलको समग्र विकास, विस्तार र संस्थागत सुदृढीकरण गर्ने उद्देश्यसहित बिष्ट अध्यक्ष पदको प्रतिस्पर्धामा उत्रिएको उल्लेख गर्नुभयो । उहाँ डजबल काभ्रेका अध्यक्ष पनि हुनुहुन्छ ।
बिष्टले डजबल खेलको दीर्घकालीन विकासका लागि स्पष्ट दृष्टिकोण र कार्ययोजना तयार पारेको उल्लेख गर्दै खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूको हक–हित र क्षमता विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संघमा पारदर्शिता, सुशासन र उत्तरदायित्व सुनिश्चित गर्दै संस्थागत सुधार गर्ने उनको मुख्य एजेन्डा राख्नुभएको छ । उहाँका अनुसार प्रदेशस्तरमा नियमित प्रतियोगिता, तालिम तथा अवसरहरू विस्तार गरी डजबल खेललाई बागमती प्रदेशभर लोकप्रिय बनाउने लक्ष्य लिइएको छ। साथै, युवा प्रतिभाहरूलाई पहिचान, प्रोत्साहन र मार्गदर्शन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने योजना समेत उनले अघि सार्नुभएको छ ।
बागमती प्रदेश डजबल संघको अधिवेशन २०८२ साल पौष १२ गते काठमाडौँस्थित पुष्पलाल मेमोरियल सेकेन्डरी स्कुलमा बिहान ९ बजेदेखि सुरु हुने संघले जनाएको छ। संघले अधिवेशनमा सहभागी भई कार्यक्रम सफल बनाउन सम्पूर्ण सरोकारवालालाई उपस्थितिका लागि आग्रह गर्नुभयो । डजबल खेलप्रति लामो समयदेखि सक्रिय रहनु भएको बिष्टको उम्मेदवारीले बागमती प्रदेशमा डजबल खेलले नयाँ गति लिने अपेक्षा गरिएको छ।
डजबल संघ बागमतीको अध्यक्षमा महेन्द्रको उम्मेदवारी
2025-12-19T08:12:12+05:45

तपाईको प्रतिक्रिया