नेकपा (एमाले) को ११ औं महाधिवेशनको परिणाम आउने क्रम सुरु भएको छ । मतदान गरिएको ८० वटा मेसिनबाट चिप्स जम्मा गरी गणना सुरु भएपछि परिणाम आउन सुरु गरेको हो । पछिल्लो परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओली १६६३ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रत्यासी ईश्वर पोखरेल ५६४ मत प्राप्त गर्नु भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनु भयो ।
निर्वाचन आयोगका अनुसार त्यस्तै, उपाध्यक्षमा अरुण नेपाल ४४३९, गुरुप्रसाद बराल ११३७, गोकर्णराज विष्ट १३६८, टङ्कप्रसाद कार्की ३५८, पर्शुराममेघि गुरुङ्ग ४६१, पृथ्वी सुब्बा गुरुङ १७३७, भीमप्रसाद आचार्य २६५, रघुजी पन्त १२५८, रामबहादुर थापा बादल १५१६, विन्दा पाण्डे ९२१, विष्णुप्रसाद पौडेल १६७५ मत प्राप्त गर्नु भयो ।
सोही अनुसार महासचिवमा शङ्कर पोख्रेल १२२८ मत ल्याएर निर्वाचित हुनु भएको छ । उहाँको प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डे ९९९ मत प्राप्त गर्नु भयो । त्यस्तै, उपमहासचिवमा आनन्दप्रसाद पोख्रेल ६३५, योगेश भट्टराइ १३४८, रघुवीर महासेठ १३६८, राजेन्द्रप्रसाद गौतम २७०, लेखराज भट्ट १४५२, विष्णुप्रसाद रिमाल १०९१ र वैजनाथ चौधरीले ५१७ मत प्राप्त गर्नु भयो ।
त्यस्तै, सचिवमा अग्निप्रसाद खरेल ७१६, इन्द्रलाल साप्कोटा ४०५, कर्णबहादुर थापा ८४७, कृष्णगोपाल श्रेष्ठ ६२५, खगराज अधिकारी १३३१, गोकुलप्रसाद बास्कोटा १०३०, छविलाल विश्वकर्मा १५०६, ठाकुरप्रसाद गैरे ८८३, पद्माकुमारी अर्याल १५३०, पुर्षाेतम पौडेल ४६२, पेम्वा लामा ४९३, भानुभक्त ढकाल ११०८, महेश बस्नेत १५३४, यमलाल कडेल ११८५, रचना खड्का ८७७, राजन भट्टराइ ११८१, लालबाबु पण्डित ७९६, विनोदप्रसाद ढकाल ६८४, शेरधन राई १५०३, हिक्मतकुमार कार्की १३३७ मत प्राप्त गर्नुभएको छ ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार अवको दुई घण्टापछि सबै निर्वाचन परिणाम सार्वजनिक हुने छ । गणना अनुसार अपडेट नियमित सार्वजनिक गरिने उहाँको भनाइ छ । एमालेको महाधिवेशनमा ६४२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनु हुन्छ । महाधिवेशनमा २ हजार २२७ जनाले मतदान गर्नु भएको थियो । २ हजार दुई सय ६३ मतदाता रहे पनि ३६ जना मतदाता अनुपस्थित रहनु भएको निर्वाचन आयोगका पदाधिकारीहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया