
नेपाल पत्रकार महासंघ काभ्रे शाखाले स्थापना दिवस मनाएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा तथा जिल्ला अध्यक्ष विनोद न्यौपानेको अध्यक्षतामा स्थापना दिवसको औपचारिक कार्यक्रम सम्पन्न भएको हो । स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाले वेवसाईट संचालनमा ल्याएको छ । साथै पत्रकारिता दर्पण प्रकाशन गरेको हो ।
अध्यक्ष न्यौपानेले पूर्वाधार निर्माणसँगै संस्थागत विकास र पत्रकारहरुको क्षमताबृद्धीमा कार्य गर्ने उल्लेख गर्नुभयो । ‘यस अघि रहेको कल्याण कोषमा पाँच लाखबाट वृद्धि गरी १० लाख पु¥याईएको छ । पत्रकारहरुको पाँच लाख रुपैयासम्मको दुर्घटना विमा गर्ने निर्णय गरिएको छ’–अध्यक्ष न्यौपानेले भन्नुभयो, –‘साधारण सभा तथा शुशासन र पारदर्शीतासँगै महासंघले पत्रकारहरुका लागि एआईको तालिम तथा पूर्वाधार निर्माणको कार्य सम्पन्न हुनेछ ।’ पत्रकार महासंघको संगठन सुदृढीकरणसँगै संस्थागत विकासमा योजना निर्माण गरी कार्य प्रारम्भ गरिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
कार्यक्रममा बोेल्दै केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकारहरुको क्षमता विकासका लागि निरन्तर महासंघ सक्रिय रहेको बताउनुभयो । पत्रकारिताको विश्वास र सक्रियता फेरिए पनि आवश्यकता उत्तिक्कै रहेको उनको भनाई थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, पुर्व अध्यक्षहरु भोजराज तिमल्सिना, ईश्वरी ओझा, भोला थापा, महेश पौड्याल, नारायण सापकोटा, मोतीराम तिमल्सिना, बद्रीराज तिमल्सिना, प्रदेश कमिटी सदस्य सुनिता सापकोटा, कामना प्रतिष्ठान अध्यक्ष भगवती तिमल्सिना, प्रेस चौतारी अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टर अध्यक्ष रामप्रसाद ढकाल, प्रेस युनियन सचिव शुभराज अधिकारी, फोनिज अध्यक्ष इन्द्रबहादुर थापा मगर लगायतले शुभकामना मन्तब्य राख्नुभयो ।
उपाध्यक्ष कपिल कोईरालाको स्वागत मन्तब्य रहेको कार्यक्रम सचिव नगेन्द्र अधिकारीले संचालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया