काभ्रेपलाञ्चोक–१ मा पाँच जनाको सिफारिस

बनेपा÷आउँदो फागुन २१ गते सरकारले निर्वाचन घोषणा गरेसगै नेपाली कांग्रेस काभ्रे क्षेत्र नम्बर १ ले कांग्रेस केन्द्रीय सदस्य गणेश लामा सहित पाँच जनाको नाम प्रतिनिधिसभा प्रत्यक्ष तर्फ सिफारिस गरेको छ ।
अध्यक्ष दिनेश लामाको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका लामा सहित पाँच जनाको नाम सिफारिस गरेको हो ।
सिफारिसमा पर्नेहरुमा जिल्ला सचिव गुणराज मुक्तान, नेपाली कांग्रेस काभ्रेका पूर्व सभापति तिर्थ बहादुर पसखल, नेपाली कांग्रेस धुलिखेल नगर सभापति बिदुर बस्नेत र प्रदेश सदस्य रसिला खनाल (महिला) रहेका हुनुहुन्छ ।
समानुपातिकमा सिफारिस हुनुभएका हर्षजित लामा (आ.ज.), ललिता किङरिङ (आ.ज. महिला), हरि बहादुर बल (आ.ज.), मिरा नेपाली (दलित), उद्धव कोईराला (अपांग) र बाबुराम गिरी (अल्पसंख्यक) रहेको लामाले बताउनुभयो ।
त्यस्तै राष्ट्रियसभा तर्फ ईन्द्रमणी अधिकारी र ईश्वरी प्रसाद ओझाको नाम सिफारिस गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयो । अधिकारी अग्रज प्रजातन्त्र सेनानी हुनुहुन्छ भने ओझा प्राध्यापक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया