काग्रेस सभापति तीर्थलाई पितृशोक,केन्द्रीय नेताहरु श्रद्धाञ्जली दिन लेकपानी पुगे


नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थबहादुर लामाका पिता केशरबहादुर तामाङको ८७ बर्षको उमेरमा निधन भएको छ । नेपाली कांगे्रस काभ्रेका सचिव माधव ढकालका अनुसार जिल्ला सभापति तीर्थ लामाको पिता केशरबहादुरको आईतबार निधन भएको हो ।
जिल्ला सभापतिलाई समवेदना दिन र पितालाई श्रद्धाञ्जली दिन कांग्रेसका केन्द्रीय, प्रदेश, जिल्ला पालिकाका नेता र कार्यकर्ता काभ्रेको रोशी पुगेको ढकालले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहममन्त्री महालक्ष्मी उपाध्याय (डिना), केन्द्रीय सदस्यहरू शिवप्रसाद हुमागाई, मधु आचार्य, गणेश लामा, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुरसिं लामा, प्रदेशका मन्त्रीहरू प्रभात तामाङ, कृष्णबहादुर तामाङ, सुरेश श्रेष्ठलगायतका नेताहरु रोशी गाउँपालिका वडा नम्बर ६ लेकपानीस्थित निवासमा पुगेको ढकालले उल्लेख गर्नुभयो ।
केशरबहादुर तामाङको सोमबार रोशी–६ लेखपानीमा सामाजिक रीति र तामाङ समुदायको संस्कार अनुसार दाहसंस्कार गरिएको हो । केशरबहादुरका श्रीमती कान्छीमाया तामाङ सहित तीन छोरा र दुई छोरी छन् ।

तपाईको प्रतिक्रिया