
र÷३९२ बर्ष पहिला धाईटार मुल थलो भएका पौडेलहरुको मुल बाजे तुलाराम पाध्याको माताले विर्ता पाएको र उहाँकै नाम धाई आमाबाट धाईटार नामकरण भएको हो ।
धाईटार मुल थाकथलो भएका पौडेल बन्धुहरु देशका विभिन्न ठाउँसँगै विश्वका दर्जनौ मुलुकमा पुगेका छन् । तुलाराम पाध्याका सन्तानले आफ्नो कुलायन मन्दिर बनाउने अठोट बोकेर कुलायन मन्दिर बनाउने अभियान सुरु गरेका छन् ।
३९२ बर्षअघि धाई आमाले दुध खुवाएको व्यक्तिपछि राजा बनेपछि धाई आमाको दुधको कर्जा तिर्न उहाँलाई राजाले विर्ता दिएको ठाउँ नै धाईटार हो ।
सो स्थानमा जन्मेर विभिन्न ठाउँमा पुगेका पौडेलहरुले आफ्नो पुर्खाले विर्ता पाएको ठाउँमा पुरातात्विक कुलदेवताको मन्दिर निर्माणको कार्य सुरुवात गरेका छन् ।
चुनासुर्की र डाचीअपाको प्रयोगबाट कलात्मक झ्याल ढोकाको प्रयोग गरेर, टुडाल र छानोमा कलात्मकमता प्रयोग गरेर मन्दिर बनाईने भएको हो ।
मण्डनदेउपुर नगरपालिका वडा नं ८ धाईटारमा कुलका जेष्ठ सदस्य ८७ बर्षिया रामप्रसाद पौडेल र ८५ बर्षिया जीवनलाल पौडेलले जगपुजा र शिलान्यास गर्नुभयो ।
मन्दिर निर्माण समितिका अध्यक्ष कश्यपप्रसाद पौडेलले मन्दिर बनाउन ६५ लाख रुपियाँ लागतको अनुमान गरिएको बताउनुभयो । उहाँले पौडेल कुलदेवताको मन्दिर पौडेलहरुले नै बनाउने भएकाले मन खोलेर आर्थिक सहयोग गर्न अनुरोध गर्नुभयो । उहाँले मन्दिरसँगै सत्तल पनि पुरातात्विक रुपमा निर्माण गरिने उल्लेख गर्नुभयो ।
‘मन्दिर र सत्तलको प्राविधिक ईष्टमेट लगायतको काम भैसकेको छ, ६५ लाख रुपियाँ लागतको अनुमान गरिएको छ’ पौडेलले भन्नुभयो । उहाँले स्वदेश तथा विदेशमा बस्ने पौडेल वन्धुहरुलाई आर्थिक सहयोग गर्न र आफ्नो कुल देवताको मन्दिर निर्माणमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्न अनुरोध गर्नुभयो ।
मन्दिर बनाउन रामबाबु पौडेल तथा दीपकप्रसाद पौडेलको पिता विष्णुप्रसाद पौडेलले केही बर्षअघि आठ आना जग्गा दान दिनुभएको थियो । उहाँ स्वर्गीय भएपछि उहाँको छोरा दीपकप्रसाद पौडेलले पुनः चार आना थप गरेर १२ आना जग्गा दान गरेपछि सो क्षेत्रफलमा मन्दिर बनाउने कार्य सुरु भएको हो ।

तपाईको प्रतिक्रिया