भक्तपुरमा कार चढेर चोर्ने जाने काभ्रेपलाञ्चोक भुम्लुका तीन सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको विभिन्न स्थानहरूमा संगठित समूह बनाई पाकेटमार, लुटपाट, चोरी गर्ने गिरोह पक्राउ गरेको प्रहरीको दाबी mछ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालयले भक्तपुर नगरपालिका–१ बाट आठ जनालाई पक्राउ गरेपछि कारमा चढेर लुट्न जाने समुह प्रहरीको नियन्त्रणमा परेको हो । पक्राउ पर्नेमा काभ्रेपलान्चोक भुम्लु गाउँपालिका वडा नं. ३ घर भई हाल भक्तपुर सूर्यविनायक न.पा वडा नं ८ बस्ने २६ वर्षीय साधुराम भुजेल, २६ वर्षीय सुदीप भण्डारी, १८ वर्षीय राजिब भण्डारी, २९ वर्षीय सुजन भण्डारी, मोरङ पथरी शनिश्चरे न.पा. वडा नं. ९ घर भई हाल सुर्यविनायक–८ बस्ने ४३ वर्षीय कृष्णबहादुर खड्का, सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं ३ की २३ वर्षीया अनु गजमेर, रामेछाप दोरम्बा गाउँपालिका वडा नं. ८ का २२ वर्षीय बिशाल तामाङ र काभ्रेपलान्चोक महाभारत गाउँपालिका– ६ का २७ वर्षीय सुरज तामाङ छन् ।
उनीहरूको साथबाट प्रहरीले सुनको ब्रासलेट १ थान, औठी २ थान, झुम्का, १ जोर, सिक्री १ थान, अमेरिकन डलर २८ सय, ६ हजार ६९० भारु, ४ लाख २८ हजार ८८० नेपाली रुपैयाँ, मोवाइल १४ थान, क्यामेरा १ थान, सर्जिकल ब्लेड १ थान,मोटरसाइकल ४ थान,बा. ४ च ३९१६ नम्बरको कार बरामद गरेको छ ।
कारमा चढेर लुट्न जान्थे काभ्रेका चार सहित आठ भिआईपी चोर
2025-11-14T06:42:28+05:45

तपाईको प्रतिक्रिया