सेन्टलम एल्बममा मार्चपास, ६७ विधाका ३२७ पदकमा प्रतिस्पर्धा


श्रीखण्डपुर÷पनौती नगरपालिका वडा नं ५ मा रहेको सेन्टलम एल्बम एकेडेमीमा खेलकुद सप्ताह सुरु भएको छ । विद्यालयका चार सदनका ६७ स्पर्धामा ३२७ पदकका लागि विद्यार्थीहरु सहभागि हुनेछन् । यसले शीर्ष भागमा बस्ने झण्डाको टुङ्गो समेत लाग्नेछ ।

जिल्लामा आफूलाई फरक ढङ्गले उत्कृष्ट रुपमा प्रस्तुत गरेको विद्यालयले अतिरिक्त र खेलकुदमा पनि आफूलाई फरक रुपमा उम्भाउन सफल भएको छ ।
विद्यालय प्राङ्गणमा रहेको चारवटा झण्डाहरु पदक विजेताको आधारमा फेर्ने परम्परा रहेको विद्यालयका प्रिन्सिपल अग्नीप्रसाद ज्ञवालीले उल्लेख गर्नुभयो । उहाँले यसले विद्यार्थीबीच एकता, प्रतिस्पर्धाको भावनाको विकास गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । यसले विद्यालय स्तरीय राष्ट्रपति रनिङशील्ड प्रतियोगितालाई सहयोग गर्ने विश्वास विद्यालयले लिएको छ । सोही मापदण्डमा प्रतियोगिता संञ्चालन भएका छन् ।


पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले सिटी फुकेर प्रतियोगिताको सुरुवात गर्नुभयो । त्यसपूर्व उहाँले देशको माया गर्न,मुलुकलाई नभुल्न सबैलाई अनुरोध विद्यार्थीहरुलाई समाजमा भएका सकारात्मक कुराहरुलाई अध्यापन गराउनु पर्नेमा जोड दिनुभयो । उहाँले खेल सामाग्री विद्यालयका खेलकुद ईन्चार्ज, क्याप्टेनहरुलाई हस्तान्तरण गर्नुभयो ।
पछिल्लो समय विद्यार्थीहरुमा नकारात्मक कुराहरु बढी हुदै गएको, शैक्षिक क्षेत्रमा भन्दा अन्यत्र ध्यान गएकाले सबै अभिभावकहरु समयमा नै सचेत भई बालबालिकाहरुलाई प्रविधि अनुसार चल्न अभिप्रेरित गर्नु पर्ने बताउनुभयो । मेयर भण्डारीले सुरक्षित, अनुशासित र मेहनती भई खेल खेल्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
पनौती नगरपालिका वडा नंं ५ का अध्यक्ष विनोद खत्रीले सेन्टलमले शिक्षासँगै सामाजिक कृयाकलाप र खेलकुदमा उत्तिक्कै ध्यान दिएको बताउनुभयो । उहाँले वडाले विद्यालयको शैक्षिक विकासमा सहयोग पु¥याएको दाबी गर्नुभयो ।
विद्यालय संञ्चालक समितिका अध्यक्ष अमन पोटे श्रेष्ठले विद्यालयले पूर्वाधार, शैक्षिक विकासमा विशेष ध्यान दिएर अघि बढेको उल्लेख गर्नुभयो । कार्यक्रममा अभिभावक, स्थानीय क्लबका पदाधिकारी संञ्चारकर्मीको उपस्थिती थियो । विद्यार्थीहरुले मार्चपास गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया