बिपी राजमार्ग पुर्ण रुपमा अबरुद्ध

भकुन्डेबेँसी, धुलिखेल र बनेपा क्षेत्रमा निरन्तर भारी वर्षा परेपछि काठमाडौँ–तराईलाई जोड्ने जीवनरेखा मानिने वीपी राजमार्गमा सवारी सञ्चालन पूर्ण रूपमा रोकिएको छ।
प्रहरीले दिएको जानकारीअनुसार, काठमाडौंबाट बाहिरिने सवारी साधनलाई काभ्रेभन्ज्याङ्गमा रोकिएको छ भने राजधानीतर्फ फर्किरहेका सवारी मंगलटारमै थुनिएका छन्। काभ्रेका सिडिओ उमेश ढकालले बर्षा कम नभएसम्म सवारी सञ्चालनलाई अनुमति दिन नसकिने बताए ।
यो राजमार्ग दशैं–तिहारजस्ता चाडपर्वमा अत्यधिक चाप झेल्ने मुख्य बाटो हो। सामान्य अवस्थामा दैनिक करिब १० हजार सवारीसाधन यस मार्ग हुँदै आवतजावत गर्ने गर्छन्। तर अहिलेको अवरोधका कारण हजारौं यात्रु प्रभावित भएका छन्।

स्थानीयले लगातारको वर्षाले पहिरो खस्ने खतरा अझै बढेको बताएका छन्। सुरक्षा निकाय र प्राविधिक टोलीले आवश्यक मूल्यांकन गरिरहे पनि वर्षा रोकिने निश्चित नभएकाले अवरोध कहिलेसम्म रहने भन्ने टुंगो छैन

तपाईको प्रतिक्रिया