बनेपा÷नेकपा एमालेका पोलिटब्यूरो सदस्य पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुक मार्फत जेन–जी आन्दोलनका परिणाम र पछिल्ला राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ ।
बाँस्कोटाले पहिलो स्टाटसमा लेख्नुभएको छ, “नीति र विधिको रक्षा भएपछि नेतृत्वको रक्षा स्वत हुन्छ । ब्रेन ड्रेन,ब्रेन वासपछि ब्रेन हाईज्याक प्रयास नगर । बरु खुल्ला समीक्षाका लागि पार्टीका फोरम तत्काल आयोजना गर । ”
उहाँले म्याकाभेलियनवादीहरु माक्र्सवादमा फर्कनासाथ बिषय स्पष्ट र गतिशील हुने दाबी गर्दै यस्तो अवस्थामा पन्छनेहरूलाई “पेटीबुर्जुवा मात्र” भन्नुभएको छ । बाँस्कोटाले थप्नुभयो, “भौतिक आक्रमणले विचारको धरोहर ढल्दैन,मान्छेलाई मार्न सकिन्छ तर उस्को विचारलाई कदापि हराउन सकिदैन ।”
उहाँले आफ्नो घर जलाउँदै गरेको भिडियो सेयर गर्दै प्रहरीलाई प्रमाण र सूचना उपलब्ध गराउनु भएको छ । उहाँले अपराधी स्वयले सार्वजनिक गरेको भिडियो सामाजिक संञ्जालमा साझा गर्नुभएको छ ।
मान्छेलाई मार्न सकिन्छ तर उसको विचारलाई कदापि हराउन सकिदैन : बाँस्कोटा
2025-09-14T19:05:52+05:45
तपाईको प्रतिक्रिया