अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोक भोटेकोशी गाउककपालिका–४ हिन्दीमा बोलेरो भोटेकोशीमा खसेको छ ।
तातोपानीबाट बाह्रबिसे तर्फ आउदै गरेको बा २१ च ७५४४ को बोलेरो सड्कबाट भोटेकोशी नदीमा खस्दा दुर्घटना हुँदा चालक र सहचालक बेपत्ता भएका छन् ।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार बोलेरो भोटेकोशीमा खसेर सर्लाही बरथहवा नगरपालिका २ बस्ने २३ वर्षीय राजेश कुमार कुसवाह –चालक) र २५ वर्षीय राम प्रवेश महत्तो (सहचालक) बेपत्ता भएका छन् ।
उनीहरूलाई भोटेकोशीले बगाएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया