
बनेपा/पर्यटकीय नगर धुलिखेलमा रहेको मिराबल रिर्सोट एण्ड होटलले नियमित बिजुलीको रकम भुक्तानी नगरेपछि लाईन काटिएको छ । चार महिनादेखि कर्मचारीले तलब पाएका छैनन् । पाहुनाको बुकिङ भएका छैनन् । रिर्सोट बन्द छ ।
धुलिखेलको तिनतारे होटल मिराबल रिर्सोट एण्ड होटल चरम आर्थिक संकटमा परेको यसले पुष्टि गर्छ । होटलमा प्रत्यक्ष लगानीकर्ता चार जना छन् भने ३८ जना कर्मचारी ।
मासिक विद्युत भुक्तानी नगरेपछि नेपाल विद्युत प्राधिकरणले जेठदेखि काटेको बिजुली जोड्न सकेको छैन भने चार महिनादेखि मजदुरले तलब पाउन सकेका छैनन् ।
कुनै समय काभ्रेकै ठूलो होटलको रुपमा स्थापित भएको नाम र दाम दुबै कमाएको मिरावल रिर्सोटले विद्युतको पैसा तिरेको छैन त्यसकोपछि लगानीकर्ताबीचको मनमुटावलाई हेरिएको छ । मासिम तिर्नु पर्ने रकम नतिरेपछि लाईन काटेको नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले उल्लेख गरेको छ ।
वितरण शाखाका प्रमुख ई. अमृतबाबु अधिकारीले धुलिखेलमा रहेको मिरावल रिर्सोटले मासिक रुपमा बिजुलीको रकम भुक्तानी नगरेपछि लाईनकाटेको पुष्टि गर्नुभयो । उहाँले लाईन काटेपछि कोही पनि सम्पर्कमा नआएको सात लाख ८ हजार रुपियाँ तिर्न बाँकी भएको बताउनुभयो । सम्पर्कमा नआउने हो भने कालोसूचिमा राख्न पनि सकिने उहाँले स्पष्ट पार्नुभयो । लाईन काटेको छ महिनासम्मपनि रकम भुक्तानी नगर्ने हो भने कालोसूचीमा राख्न सक्ने प्रावधान छ ।
बिजुलीको लाईन काटिएको मात्रै हैन चार महिनादेखि कर्मचारीले तलब नपाएपछि मजदुर आन्दोलित भएका छन् । होटलमा सिइओ सहित १७ जना कर्मचारी छन् । मजदुरहरुले होटल मालिक राम प्रकाश श्रेष्ठ, भोला थापा, होम घिमिरे र अरबिन्द दासले एकजनाले अर्कोलाई भन्ने गरेको मजदुर भने समस्यामा परेको बताउँदै आएका छन् । होटलमा बिहान बेलुका काम गर्न आएका मजदुरले नियमित खाना समेत खान नपाएको गुनासो गरेका छन् ।
अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघ काभ्रेका अध्यक्ष रामगोपाल भुजेलले मिराबल रिर्सोटका कर्मचारीले नियमित रुपमा तलब नपाएको र समस्या झेलेको बताउनुभयो । होटल व्यवस्थापनले होटलमा समस्या परिरहेको र मजदुरले तलब नपाएको स्वीकार गरेको छ।

तपाईको प्रतिक्रिया