नमोबुद्ध नगरपालिकाका पूर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिना स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका छन् ।
आज बिहान तिमल्सिना सवार स्कुटरलाई विपी राजमागएअन्तर्गत नमोबुद्ध २ बिस किलो भन्ने ठाउँमा अर्को स्कुटरले ठक्कर दिएको थियो । ठक्करबाट स्कुटरको पछाडि बसेका तिमल्सिना गम्भीर घाइते भएका हुन् । टाउकोमा चोट लागेका तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो । तिमल्सिना सवार स्कुटर उनका छोरा किशोर तिमल्सिनाले चलाइरहेका थिए । छोरा किशोर सामान्य घाइते भएको जिल्ला प्रहरी कायालय काभ्रेले जनाएको छ ।
बिहान पौने ७८ बजेतिर नार्केबाट काठमाण्डौ तर्फ जादै गरेको बा ६२ प ३५७८ नंवरकोको स्कुटरले तिमल्सिना सवार बा.प्र. ०३–०२–००७ प ८८०० नंवरको स्कुटरलाई ठक्कर दिएको हो । बा ६२ प ३५७८ नंवरको स्कुटर चालक जिल्ला दोलखा मेलुङ गाउँपालिका ०३ घर भई हाल जिल्ला काभ्रे रोशी गाउँपालिका ८ वस्ने वर्ष २६ को निमा तेम्वा थोकर सामान्य घाईते भई उपचारको लागी मेथिनकोट अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया