क्षितिजमा विद्यार्थीलाई सम्मान र बधाई

स्थापना कालदेखि नै उत्कृष्ट नतिजा ल्याउन सफल काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ६ मा अवस्थित क्षितिज अंग्रेजी माध्यमिक विद्यालयले एसईइ २०८१ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ।
एसईइ २०८१ मा सहभागी ४५ जना विद्यार्थीमध्ये उच्चतम अङ्क ल्याउने विद्यार्थी सहित सम्पूर्ण विद्यार्थीलाई सम्मान गरेको हो। विद्यालयले यो वर्ष उच्चतम अङ्क ३.८३ र कम अंक ३.२४ लिएर विद्यार्थीहरु उत्तीर्ण भएका थिए ।
अतिरिक्त गणित विषय शिक्षक सुनिता लामालाई सो अवसरमा सम्मान गरिएको थियो। विद्यालय सञ्चालक समितिका अध्यक्ष विकास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संरक्षक गोविन्दलाल प्रधानङ्ग विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदयराम कायस्थ विद्यालयका प्रिन्सिपल लिलाधर पौडेल र विद्यालय सञ्चालक समितिका सदस्य पूर्णिमा प्रधानाङ्गले विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया