प्रगति पथमा लम्किँदै शिक्षा सदन मावि

काभ्रेपलाञ्चोक जिल्लाको पुरानो मध्यको एक स्कुल शिक्षा सदन माध्यमिक विद्यालयले गुणस्तरीय मापन गर्नको लागि आईएसओ प्रमाणपत्र लिने भएको छ।
बनेपा नगरपालिका वडा नं ८ मा अवस्थित सो विद्यालयले सोमबार एभरेस्ट इन्टरनेसनल म्यानेजमेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सी प्रालि बीच आईएसओ सर्टिफिकेटका लागि सम्झौता गरेको हो । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य वडा नम्बर ८ का वडाध्यक्ष शुभ लक्ष्मी मानन्धर, वडा नम्बर १० का वडाध्यक्ष चन्द्रबहादुर खड्का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमसुन्दर श्रेष्ठको उपस्थितिमा सम्झौता गरिएको हो ।
तीन वर्षका लागि हुने उक्त सम्झौतापछि आवश्यक मापदण्ड पूरा गरेपछि विद्यालयले आईएसओ प्रमाणपत्र प्राप्त गर्नेछ । iso प्रमाणपत्र प्राप्त गर्नका लागि कन्सल्टेन्सीलाई विद्यालयले करिब १० लाख रुपैयाँ उपलब्ध गराउनेछ भने विभिन्न किसिमका क्रियाकलापहरु सो कम्पनीले सञ्चालन गर्नेछ ।
बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बनेपाका सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि नगरपालिकाले विभिन्न प्रयास गरिरहेको दाबी गर्नुभयो । उहाँले शिक्षा सदन स्कुल मात्र नभएर आफ्नो नगरभित्र रहेका सामुदायिक विद्यालयहरूको गुणस्तर वृद्धिका लागि उपाय अपनाउने र शिक्षा सदनले पनि आईएसओ सर्टिफिकेट प्राप्त गरेपछि शिक्षा क्षेत्रमा सुधार लिने अपेक्षा गर्नुभयो ।
बनेपा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चन्द्रबहादुर खड्काले आफूहरुले अध्ययन गरेको स्कुल शिक्षा सदन भएको र यसले आफूलाई पछिल्ला समयमा राम्रोसँग अगाडि बढाइरहेकाले आईएसओ सर्टिफिकेट पाएपछि यसको गुणस्तर अझै बढ्ने विश्वास व्यक्त गर्नुभयो । बनेपा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धरले आफ्नो वडामा रहेको पुरानो स्कुल शिक्षा सदनलाई अगाडि बढाउनु आफ्नो गौरव रहेको र आफ्नो वडाले र नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिले र शिक्षक शिक्षिकाले बनाउने योजनामा आफूहरुले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले विद्यालयले छिटै नै आईएसओ सर्टिफिकेट प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम सुन्दर श्रेष्ठले शिक्षा सदन उच्च माध्यमिक विद्यालयलाई बनेपाको नमुना विद्यालय बनाउनका निमित्त आफूहरुले प्रयास गरिरहेको उल्लेख गर्नुभयो ।
बनेपा नगरपालिकाका मेयर वडा अध्यक्ष शिक्षक शिक्षिकाहरु जनप्रतिनिधिहरू र सञ्चारकर्मीहरूलाई साक्षी राखेर विद्यालयका प्रधानाध्यापक लक्ष्मण दाहाल तथा कम्पनीको तर्फबाट शैलेन्द्र खरेलले तीन वर्षसम्म सञ्चालन हुने आईएसओ प्रमाण पत्र प्राप्त गर्ने विषयमा हस्ताक्षर गर्नुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिक्षक शिक्षिकाहरु, जन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । हस्ताक्षर कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षिका मिश्रले गर्नुभएको थियो।
विद्यालयले सो अवसरमा कक्षा ११ मा भर्ना खुलेको समेत जानकारी दिएको छ। स्मार्ट क्लासरूम अभिभावकले तिर्न सक्ने र समय सापेक्ष शुल्क, शान्त रमणीय वातावरण, दक्ष र अनुभवी शिक्षक शिक्षिका, उत्कृष्ट शैक्षिक नतिजा र करियर काउन्सिलिङ प्रदान गर्ने सो विद्यालयले कक्षा ११ मा भर्ना खुलेको जानकारी दिएको छ।
व कक्षा ११ मा नेपाली अङ्ग्रेजी सामाजिक फाइनान्स लेखा कम्प्युटर साइन्स र अर्थशास्त्रका कक्षाहरू सञ्चालन हुनेछन्।

तपाईको प्रतिक्रिया