कला शिक्षामा योगदान गर्ने शिक्षकलाई शहीद शुक्र माध्यमिक विद्यालयद्वारा सम्मान

काठमाडौँ, असार २१ ।

शहीद शुक्र माध्यमिक विद्यालय, बागबजारले कला शिक्षामार्फत नेपाली कला क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका २५ जना कला शिक्षकलाई विशेष सम्मान प्रदान गरेको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छालीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति हार्तम्छालीले विद्यालयस्तरको कला शिक्षालाई कलाको जरोको रूपमा चित्रण गर्दै यस किसिमको सम्मानले कला शिक्षकहरूमा थप उत्साह र जिम्मेवारीको भावना जागृत गराउने विश्वास व्यक्त गर्नुभयो। ूसमाज र शिक्षाको मेरुदण्ड नै कला हो,ू उहाँले भन्नुभयो, ूप्रज्ञा प्रतिष्ठानले आगामी दिनमा कला शिक्षकको हकहितका लागि थप पहल गर्नेछ।ू

सम्मान कार्यक्रमअन्तर्गत पूर्वकला शिक्षकहरूको सहभागितामा एक दिवसीय कला कार्यशालासमेत सम्पन्न भयो। कार्यशालाको उद्घाटन गर्दै प्राज्ञ शौरगंगा दर्शनधारीले कला शिक्षकका लागि पहिलो पटक विद्यालयमा यस्तो आयोजनाले ऐतिहासिक सुरुवात गरेको बताउनुभयो। उहाँले भन्नुभयो, ूकलाकार जन्माउने शिक्षकको सम्मान गर्नु भनेको कलाप्रतिको सम्मान हो।ू

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवश ढुंगेलले आफ्नो कार्यकालदेखि नै विद्यालयको शैक्षिक र भौतिक सुधारमा केन्द्रित रहेको उल्लेख गर्दै कला कार्यशालाले शिक्षक, विद्यार्थी र समुदायबीच सेतुको काम गरेको बताउनुभयो। उहाँले यस प्रकारको कार्यक्रमले कलाशिक्षा पेशालाई अझ सम्मानित बनाउने विश्वाससमेत व्यक्त गर्नुभयो।

प्राध्यापक राधेश्याम मुल्मीले कला शिक्षकको माध्यमबाट समुदायमा कलाको पहुँच विस्तार भइरहेको उल्लेख गर्दै शहीद शुक्र विद्यालयलाई राजधानीकै कला शिक्षामा अग्रणी संस्थाका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो। उहाँले बागबजारको भौगोलिक सहजताले विद्यालयलाई कलाको केन्द्र बनाउने सम्भावनालाई प्रष्ट पार्नुभयो।

नेपाल व्यवसायिक कलाकार संघका अध्यक्ष प्रेमलाल श्रेष्ठले कला शिक्षामा विद्यालयको पहलप्रति खुसी व्यक्त गर्दै संघको तर्फबाट पनि सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो। विद्यालयकी प्राचार्य शैली सिंह राठौरले गुणस्तरीय शिक्षाका लागि विद्यालयको प्रतिबद्धता दोहोऱ्याउँदै पालिकाको बेवास्ताले कक्षा ११ र १२ सञ्चालनमा अवरोध भइरहेको गुनासो गर्नुभयो। सीमित बजेट र पूर्वाधारका बाबजुद विद्यालयले कला विषयलाई उच्च प्राथमिकतामा राखेको जानकारीसमेत दिनुभयो।

कार्यक्रम संयोजक केशवराज खनालले वर्षौंदेखि मौन रूपमा समर्पित कला शिक्षकहरूको योगदानप्रति समाजले चासो नदिएको भन्दै यो सम्मान कार्यक्रम त्यसैको प्रतिक प्रतिक्रिया भएको बताउनुभयो। उहाँले कलाशिक्षकलाई ‘ढुंगा कुदेर हिरा निकाल्ने’ स्रष्टाका रूपमा चित्रण गर्दै हरेक वर्ष यस्तो कार्यक्रम निरन्तर गरिने जानकारी दिनुभयो।

कार्यक्रममा कला शिक्षक राजु पिठाकोटे, आर्या राजभण्डारी, सुमन श्रेष्ठ, ज्योति खड्का, सजनी श्रेष्ठ, चाँदनी बज्राचार्य, सुरेम देशार, संजय प्रधान, लक्ष्मी मास्के ९पुनम०, सविता चित्रकार, प्रकाश मिजार, मलिका उदास, सरला श्रेष्ठ, किशोर रानाभाट, रेनुका महर्जन, मोहन सिवाकोटी, शुवाष क्षितिज श्रेष्ठ, दीपक कुवँर, रामकृष्ण महर्जन, जुनु माली, विपना महर्जन, मनरा प्रजापति, आनन्द श्रेष्ठ, डि।बी। राई र रतिना बज्राचार्यलाई सम्मान गरिएको हो।

कार्यक्रमले विद्यालयको कलाशिक्षा अभियानलाई संस्थागत बनाउने दिशामा महत्वपूर्ण आधार निर्माण गरेको विद्यालय प्रशासनले जनाएको छ।

 

 

तस्बिरः सागर बस्नेत ।

तपाईको प्रतिक्रिया