काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगर पालिका वडा नं १३ भैँसीपाटीमा रहेको विकटेश्वर अङ्ग्रेजी माध्यमिक विद्यालयका छात्रा जिया खत्रीले यस वर्षको एसइइ परीक्षामा ४ जीपीए ल्याउँदै जिल्ला प्रथम भएपछि विद्यालयले ५० हजार नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
आइतबार विद्यालय प्राङ्गणमा आयोजित शुभकामना आदानप्रदान अवसरमा विद्यालयका प्रिन्सिपल एवं निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन काभ्रेका अध्यक्ष श्याम बहादुर भुजेलले ५० हजार पुरस्कारको घोषणा गर्नुभएको हो। विद्यालयमा यो वर्ष उत्तीर्ण हुने सबै विद्यार्थीका अभिभावक बोलाएर विद्यालयले विद्यार्थीसँगै अभिभावकलाई पनि सम्मान गरेको छ । प्याब्सनका केन्द्रीय उपमहासचिव भीमसेन केसीको प्रमुख आतित्यतामा भएको सम्मान कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष रामबहादुर कुँवर वडा नम्बर १३ का वडा अध्यक्ष रामलाल सुवाल नेपाल पत्रकार महासङ्घ काभ्रेका कोषाध्यक्ष केशवराज पौडेल पत्रकार रोजन तामाङ लक्ष्मण तिमल्सिना विकास तिमल्सिनाको उपस्थितिमा विद्यालयले सम्मान कार्यक्रम आयोजना गरेको हो ।
हरेक वर्षको एसएलसी र एसइइ परीक्षामा उत्कृष्ट नतिजा लिएर आउन सफल विद्यालयले यो वर्ष भने see परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउँदै काभ्रे मात्र नभएर नेपाल नै टप हुन सफल विद्यार्थीलाई सम्मान गरेको विद्यालयले उल्लेख गरेको छ ।
एउटा विद्यार्थी सफल हुनुमा उसका अभिभावकहरु शिक्षक शिक्षिकाहरु विद्यालय परिवार र उसको मेहनत मुख्य हुने विद्यालयका प्रिन्सिपलले उल्लेख गर्नुभयो। उहाँले वर्षौंदेखिको विकटेश्वर स्कुलको सपना यो वर्ष पूरा भएको भन्दै यसलाई उत्सवको रुपमा मनाउने उहाँले उल्लेख गर्नुभयो। सोही अवसरमा उहाँले भोलि सोमबार विद्यालयले खुसी मनाउने क्रममा विद्यालय बन्द गर्ने र केही दिनमा खुसी साटासाट गर्ने कार्यक्रमको आयोजना गर्ने उहाँले गर्नुभयो ।
४ जिपिए ल्याएर उत्कृष्ट हुने विद्यार्थी जिया खत्रीले आफूले विद्यालय समयका अतिरिक्त पनि समय मिलाएर अध्ययन गर्ने गरेको उल्लेख गर्नुभयो उहाँले अभिभावक शिक्षक शिक्षिका प्रिन्सिपल को मार्ग निर्देशनका कारणले आफूले यो सफलता हात पारेको उल्लेख गर्नुभयो । उहाँले धेरै कुराहरु युट्युब गुगलबाट समेत खोज्ने गरेको र मोबाइल हेर्दैमा विद्यार्थीहरु कमजोर नहुने पनि उल्लेख गर्नुभयो भविष्यमा चार्टर अकाउन्टेन्ट पढ्ने लक्ष्य बोग्नुभएको उहाँले सोही अनुसार अध्ययन गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्याप्सनका केन्द्रीय उपमहासचिव भीमसेन केसीले बिकटटेश्वर माध्यमिक विद्यालयका प्रिन्सिपल श्याम भुजेल विद्यालयका मात्र प्रिन्सिपल नभएर काभ्रे जिल्ला संस्थागत विद्यालयका प्रिन्सिपल भएको उल्लेख गर्नुभयो । उहाँले नेतृत्वमा रहेर आफ्नो विद्यालयसँगै अरु विद्यालयहरूको क्षमता विस्तारमा ठूलो भूमिका खेलेको भन्दै उहाँको प्रगतिको शुभकामना व्यक्त गर्नुभयो। एउटा संस्थागत विद्यालयको नेतृत्वमा रहेको व्यक्तिको विद्यालय प्रथम हुनु भनेको सबै संस्थागत विद्यालय प्रथम सराह रहेको उहाँले उल्लेख गर्नुभयो ।
४ जिपिए ल्याउने जियालाई विकटेश्वरले ५० हजार नगद सहित सम्मान गर्ने
2025-06-29T15:06:32+05:45

तपाईको प्रतिक्रिया