
भकुण्डेवेशी÷नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको सातौँ अधिवेशनको पहिलो बैठक सम्पन्न भएको छ । नगर प्रमुख कुन्साङ लामाले आ.व. २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । नगर उप–प्रमुख रत्न बहादुर लामाले सोही आर्थिक वर्षको लागि कुल अनुमानित बजेट रकम रू. ८० करोड ७३ लाख २३ हजार १ सय ६० पेश गर्नुभएको छ ।
साथै, आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, प्रगति प्रतिवेदन, सार्वजनिक लेखा समितिको प्रतिवेदन तथा न्यायिक समितिको प्रतिवेदन समेत पेश भएको छ ।

तपाईको प्रतिक्रिया