
बनेपा÷नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाले २०५१ सालदेखि जिल्ला सदस्य हुनुभएको अग्रज रेडक्रसकर्मी ९८ बर्षिया भोगेन्द्र बहादुर कुँवरलाई घरमै पुगेर सम्मान गरेको छ ।
बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह तामाङ प्रमुख अतिथि भै २०८२ साल असार ६,७ र ८ गते नेपाल रेडक्रस सोसाईटी बागमती प्रदेशको आयोजना तथा नेरेसो काभ्रेपलाञ्चोक जिल्ला शाखाको आतिथ्यतामा काठमाडौं विशवविद्यालयको सभा हलमा सम्पन्न भएको छैठौं बागमती प्रदेशको स्तरीय जूनियर तथा युवा गोष्ठीको अवसरमा जिल्ला रेडक्रसमा रहेर अतुलनीय योगदान गरेबापत अभिनन्दित व्यक्तिहरुमध्ये २०५१ देखि जिल्ला सदस्य रहनुभएका ९८ वर्षका भोगेन्द्र बहादुर कुँवर सो कार्यक्रममा उपस्थित हुन नसकेपछि सोमबार उहाँको निवासमै पुगेर जिल्ला शाखाका सभापति देवेन्द्रप्रसाद भैलले सम्मानपत्र हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा मन्त्री राजु सिग्देल, पूर्व मन्त्री उद्धबप्रसाद पौडेल तथा महादेवस्थान उपशाखाका सभापति रामकुमार सापकोटा समेतको उपस्थितिमा कुँबरलाई उहाँको निजी निवासमा पुगेर सम्मानपत्र प्रदान गरिएको भैलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया