धुलिखेल÷निनरन्तरको बर्षापछि काभ्रेमा उद्धारका कार्यहरु सुरु भएका छन् । काभ्रे नमोबुद्ध न.पा. ५ लासकोट स्थित रोशी खोलामा पानीको बहाव बढ्न गई खोलाको बीचमा फसेका पाँच जना मानिसलाई प्रहरी, सेनाको सहयोगमा सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ । ढुंगागिट्टी निकाल्न भनेर टिपर र लोडरसहित राति करिब ९ बजेतिर खोलामा गएकाहरु एक्कासी बाढी आएपछि फसेका थिए ।
उनीहरुलाई राति १२ बजे नेपाल प्रहरी र नेपाली सेनाको समेत सहयोगमा सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको पाँचखालस्थित सशस्त्र प्रहरीका गणपति प्रेम प्रसाईंले जानकारी दिए ।
खोलामा मानिससँगै एउटा वटा जे. सि.बी. र एउटा टिप्परका फसेको सूचना लगत्तै नेपाली सेनाको श्रीमेहर गण धुलिखेलका सेना, जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरीले जिल्ला ओखलढुङ्गा दुधकोशी गा.पा. ४ बस्ने बर्ष २१ को सागर राई ( लेबर काम गर्ने ), जिल्ला काभ्रे नमोबुद्ध न.पा. ५ बस्ने बर्ष १९ को मुस्कान तामाङ ( टिपर सहचालक ), तेमाल गा.पा. ५ बस्ने बर्ष ४२ को संजय लामा ( ठेकदार), तेमाल गा.पा. ९ बस्ने बर्ष ३२ को रेमन तामाङ ( टिपर चालक ) र जिल्ला दोलखा भिमेश्वर न.पा. ९ बस्ने बर्ष २९ को समिर तामाङ ( जे.सि.बि. चालक) लाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मानबहादुर घलले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले बुधबार नै सूचना जारी गर्दै बाढीको जोखिम भएकाले खोलामा नजान भनेको थियो । तर उनीहरु त्यसको बेवास्ता गर्दै ढुंगागिट्टी निकाल्ने उद्देश्यले राति खोलामा जाँदा फसेका थिए । उनीहरुलाई उद्धार गर्न सुरक्षाकर्मीहरु सफल भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ ।
राति भंगालोमा फसेको जानकारी कटुन्जेबेंसी प्रहरी चौकीबाट प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपालको अस्थायी सुरक्षा बेस ९आईटी पार्क० पनौतीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भिमसेन के।सी।को नेतृत्वमा १० जना र सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गणबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लिला बहादुर कार्कीको कमाण्डमा थप ११ जनाको टोली खटिएको थियो ।
उद्धार टोलीले अप्पर रिभर क्रसिङ्ग विधि र रोप रेस्क्यु विधि प्रयोग गरी उद्धार गरेको प्रसाईंले बताए । उद्धार गरिएका सबै पाँच जना, एउटा लोडर र एउटा टिपर सकुशल रहेको प्रहरीले जनाएको छ ।
मध्यरातमा ढुंगागिट्टी निकाल्न गएपछि बाढीमा फसे
2025-06-20T07:06:58+05:45

तपाईको प्रतिक्रिया