त्रिदेशीय टी–२०आई सिरिजः नेदरल्याण्ड्सविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

स्कटल्याण्डको ग्लासग्लोस्थित तितवूड मैदानमा नेदरल्याण्ड्सविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

सिरिजअन्तर्गतको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गरेको थियो । यसअघि एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले टी–२०आई पनि लय कायम राख्न चाहन्छ ।

तपाईको प्रतिक्रिया